यात्रु सहजताका लागि महालक्ष्मी बैंकले बनायो यात्रु प्रतिक्षालय « Eglish Khabarhub

यात्रु सहजताका लागि महालक्ष्मी बैंकले बनायो यात्रु प्रतिक्षालय



काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत थाहा नगरपालिकामा यात्रु प्रतिक्षालय निर्माण गरेको छ ।

बैंकको पालुङ शाखाले थाहा नगरपालिका वडा नं २ मा यात्रु प्रतिक्षालय निर्माण गरेको बेंकले जनाएको छ । प्रतिक्षालयको उद्घाटन प्रमुख अतिथि एवम् थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले गरेका थिए भने बैंकले उद््घाटन समारोहकै अवसरमा थाहा नगरपालिका वडा नं २ कार्यालयलाई उक्त प्रतिक्षालय हस्तान्तरण गरेको थियो ।

कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख लगायत वडा कार्यालयका २ का अध्यक्ष, स्थानीय विद्यालयका प्रतिनिधिहरु, नेपाल रेडक्रश सोसाइटी पालुङ शाखाको प्रतिनिधि, सामुदायिक भवन व्यवस्थापन समितिका अध्यक्ष तथा स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।

Publish on: