काठमाडौैं । सिटिजन्स बैंक इन्टरनेसनलले समिर प्रसाद दाहाललाई सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । बैंकले २० गतेदेखि लागु हुनेगरी सिइओमा नियुक्त गरेको हो । दाहाल यसअघि सिबिआईएल क्यापिटलको सिइओ रहेका थिए ।
करिब १६ वर्ष बैंकिङ्ग क्षेत्रमा अनुभव हाँसिल गरेका चार्टर एकाउन्टेन्ट दाहाल ६ वर्षअघि प्रमुख वित्त अधिकृतको रूपमा यस बैंकसंग आबद्ध भएका थिए । दाहाल यस अघि बैंकको भगिनी संस्था सिबिआईएल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए ।
उनले वित्त तथा योजना तर्जुमा विभाग, आई. टी, संचालन विभाग, कर्जा प्रसाशन विभाग, कर्जा असुली विभाग, अन्वेषण तथा इनोवेशन जस्ता महत्वपुर्ण विभागहरुलाई नविन तवरले संचालन गर्ने विश्वास बैंकले लिएको बैंकले जनाएको छ । उनी हाल त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गर्दै छन् ।
आफ्ना ८१ वटा शाखा, ७६ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको बैंकले जनाएको छ ।
SHARE YOUR THOUGHTS