काठमाडौं । एनआईसी एशिया बैंकले काठमाडौंको गोंगबुमा शाखा खोलेको छ ।
काठमाडौं महानगरपालिका वडा नं २६,गोंगबुस्थित गोंगबु शाखाको सोहि वडाका वडा अध्यक्ष ख्याम राज तिवारीले उद्घाटन गरे ।
बैंकको अब २८२ वटा शाखा कार्यालय पुगेको छ । २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफल भएको छ ।