खराब समयमा शुरु गर्दा यसरी ढल्यो सार्ककै ठूलो प्रोजेक्ट, ३ अर्ब ऋण तिर्न नसकेर खराब बने अमात्य « Eglish Khabarhub

खराब समयमा शुरु गर्दा यसरी ढल्यो सार्ककै ठूलो प्रोजेक्ट, ३ अर्ब ऋण तिर्न नसकेर खराब बने अमात्य


३ जेष्ठ २०७६, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । सन् १९९८ मा नेपालले पहिलो पटक नेपाल भ्रमण वर्ष मनाएको बेला पोखरामा एउटा पाँच तारे होटल खुल्यो । ‘वान अफ दि ग्रेटेस्ट होटल इन द वल्र्ड’ भन्ने थिममा खुलेको होटलको नाम थियो ‘फूलबारी रिसोर्ट’ ।

पोखरामा ४ सय रोपनीको विशाल क्षेत्रफलमा फैलिएको रिसोर्ट सुरु गर्ने व्यवसायी थिए, दरबार निकट पियुष अमात्य ।

तत्कालिन समयमा फूलवारी रिसोर्टलाई नेपालको मात्र नभइ दक्षिण एशियाकै ठूलो रिसोर्टको रुपमा लिइएको थियो ।

रिसोर्ट त खुल्यो । लामो समयसम्म गज्जबले चल्यो । अमात्यले त्यहाँबाट मनग्गे पैसा पनि कमाए ।

तर बिडम्बना खानदानी व्यवसायी अमात्यको डाउनफल पनि बन्यो त्यही फुलबारी रिसोर्ट ।

राजा र राजपरिवारका व्यक्ति विदेशमा जाँदा व्यक्तिगत रुपमा डलर व्यवस्थापन गर्ने सक्ने हैसियत समेत भएका अमात्यको परिचयमा फुलबारीको असफलताले बैंक डिफल्टरका रुपमा खराब चरित्रको परिचय थपिदियो । जीवनको धेरै कालखण्डमा सफल उनी उत्तरार्धमा आइपुग्दा असफलताको ट्याग लिन बाध्य भएका छन् ।

अमात्यले सुरु गरेका अरु व्यवसाय समेत सफल भएनन् । त्रिचन्द्र क्याम्पसमा अध्यापन समेत गर्ने गरेर अमात्य खराब गुरुको रुपमा परिणत भए ।

खर्चालु पर्यटक ल्याउन अमात्यले सुरु गरेको फुलबारी रिसोर्ट सुरुका केही वर्ष राम्रोसँग चल्यो । तर अमात्यको ‘ब्याड लक’ रिसोर्ट सञ्चालनमा आएको अर्को वर्षदेखि सुरु भयो ।

सन् १९९९ मा काठमाडौंबाट नयाँ दिल्ली गएको इन्डियन एयरलाइन्सको जहाज आंतकारीले अपहरण गरे । त्यसपछि नेपालमा नै भित्रने पर्यटकको संख्या घट्यो । जसको सोझो मार फूलबारी पनि पर्यो ।

त्यसको केही समयपछि दरबार हत्याकाण्ड भयो । तत्कालिन राजा बिरेन्द्रसहित परिवारका सदस्यहरु मारिए । सशस्त्र द्वन्द्वमा रहेको माओवादी पहिलो पटक वार्तामा आएपनि वार्ता सफल भएन । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा संकटकाल लगाए ।

राजनीतिको माहोल बिग्रँदै गएपछि विदेशी पर्यटकको संख्या घट्दै गयो । जसको असर महंगा पर्यटक भित्र्याउन खोलिएको फुलबारी रिसोर्टमा पर्यो ।

अमात्यले सुरु गरेका अन्य व्यवसाय बियर या स्टिलको व्यवसाय समेत सफल भएन ।

२०६२/६३ पछि शान्तिप्रक्रिया सुरु भयो । त्यसपछि नेपालमा पर्यटकको संख्या समेत बढ्न थाल्यो । अन्य व्यवसायीहरुले पनि होटल क्षेत्रमा हात हाल्न थाले । पोखरामा पनि होटल क्षेत्रमा ज्यादै ठूलो लगानी भयो ।

‘अमात्यको शक्ति भनेको दरबार थियो, दरबार नै शक्तिबिहीन भएपछि उनले व्यवसायलाई चलाउन सकेनन्,’ अमान्यसँग नजिक रहेका एक व्यवसायी भन्छन्, ‘बैंकसँग नेगोसिएसनमा गएर, कर्मचारी व्यवस्थापन गरेपछि होटल चल्न सक्ने थियो, अमात्य रुग्ण उद्योगमा पारेर सुविधा लिने खेलमा लागे जसले गर्दा होटल सञ्चालन नै हुन सकेन ।’

तर, स्तरीय पर्यटक भित्र्याउन सुरु गरेको फुलबारी रिसोर्टका लागि पर्यटकको संख्या बढ्दा पनि व्यवस्थापन गर्न समस्या भयो । माओवादी शान्ति प्रक्रियामा आएपछि उद्योग तथा प्रतिस्ठानमा श्रमिक आन्दोलन अत्यधिक चर्किए । जसको असर फुलबारी रिसोर्टमा समेत पर्यो ।

अवस्था यतिसम्म खराब आयो कि पर्यटकले महंगो रकम तिरेर होटलमा गएपनि सामान्य सेवा सुविधा नै पाएनन् ।

‘अमात्यले सही उद्देश्यले सुरु गरेको कम्पनी खराब अवस्थाका कारणले सञ्चालन नै गर्न सकेनन्’ एक होटल व्यवसायीले क्लिकमाण्डूलाई सुनाए ।

गलत समयसँगै व्यवस्थापनको कौशल समेत अमात्यमा देखिएन् । फलस्वरुप उनले बैंकबाट लिएको ऋण समेत तिर्न सकेनन् । मजदुर समस्याको व्यवस्थापन समेत भएन ।

अवस्था यतिसम्म खराब भइदियो कि होटलले कर्मचारी र कामदारलाई नियमित तलब समेत पाउन सकेनन् । कर्मचारीलाई होटल व्यवस्थापनले अवकास दिएको छ ।

अहिले फुलबारी रिसोर्टले चर्चेको भूमि नै ४ सय रोपनी छ । बैंकले उनलाई कालोसूचिमा राखे पनि होटल र त्यसले चर्चेको जमिनलाई लिलामीमा लैजान सकेको छैन ।

सबै कर्मचारीलाई अवकास दिएपछि होटल नयाँ ढंगले सञ्चालन हुने अनुमान भएपनि त्यो हुन सकेन । फुलबारी रिसोर्ट बन्द भएको नै अहिले २ वर्ष भइसक्यो छ । बैंकको ऋणमात्र करिब ३ अर्ब रुपैयाँ छ ।

नेपाल बैंकको नेतृत्वमा वाणिज्य बैंक सहितले गरेको ऋण तिर्न नसकेपछि यसका सञ्चालक पियुुषबहादुर अमान्य सहित सञ्चालकहरु कालोसूचिमा छन् ।

‘अमात्यको शक्ति भनेको दरबार थियो, दरबार नै शक्तिबिहीन भएपछि उनले व्यवसायलाई चलाउन सकेनन्,’ अमान्यसँग नजिक रहेका एक व्यवसायी सुनाउँछन् ।

‘बैंकसँग नेगोसिएसनमा गएर, कर्मचारी व्यवस्थापन गरेपछि होटल चल्न सक्ने थियो, अमात्य रुग्ण उद्योगमा पारेर सुविधा लिने खेलमा लागे जसले गर्दा होटल सञ्चालन नै हुन सकेन,’ ती व्यवसायीले भने ।

होटल आफैपनि सञ्चालन गर्न सक्ने अवस्थामा नभएको होइन । रिसोर्टले ओगटेको जग्गाको मूल्य हिसाब गर्दा पनि ४ अर्ब रुपैयाँभन्दा बढी हुन्छ । अमात्यसँग ऋण त जम्मा ३ अर्ब रुपैयाँ मात्रै छ ।

अमात्यले सुरु गरेका अरु व्यवसाय समेत सफल भएनन् । त्रिचन्द्र क्याम्पसमा अध्यापन समेत गर्ने गरेर अमात्य खराब गुरुको रुपमा परिणत भए ।

देउवा प्रधानमन्त्री भएको बेला उनको ब्याज मिनाह गरेर ऋण तिर्ने विषयमा प्रयास नभएको होइन, तर तत्कालिन अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले बैंक व्यवस्थापनलाई दवाव दिएपनि सो सफल हुन सकेन ।

अहिले फुलबारी रिसोर्टले चर्चेको भूमि नै ४ सय रोपनी छ । बैंकले उनलाई कालोसूचिमा राखे पनि होटल र त्यसले चर्चेको जमिनलाई लिलामीमा लैजान सकेको छैन ।

अमात्यले विभिन्न खालका प्रस्ताव ल्याएर लिलामी प्रक्रिया भने रोक्न आजका दिनसम्म सफल भएका छन् । जसले गर्दा प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

‘जग्गाको वास्तविक मूल्यांकन भएर अर्को पक्षलाई बिक्री गरेर सबै व्यवहार सल्टाउने इच्छा अमात्यको छ,’ उनी निकट एक व्यवसायीले भने ।

होटल आफैपनि सञ्चालन गर्न सक्ने अवस्थामा नभएको होइन । रिसोर्टले ओगटेको जग्गाको मूल्य हिसाब गर्दा पनि ४ अर्ब रुपैयाँभन्दा बढी हुन्छ । अमात्यसँग ऋण त जम्मा ३ अर्ब रुपैयाँ मात्रै छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७६, शुक्रबार ००:००  १ : ०४ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping