राष्ट्रिय वाणिज्य बैंकको एटीएम अब नचल्ने, नयाँ कार्ड लिन यसो गर्नुहोस « Eglish Khabarhub

राष्ट्रिय वाणिज्य बैंकको एटीएम अब नचल्ने, नयाँ कार्ड लिन यसो गर्नुहोस



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको एटीएम कार्ड प्रयोग गर्नुहुन्छ ? यदि हो भने तपाईले प्रयोग गरिरहेको पुरानो भिसा डेबिट कार्ड अब नचल्ने भएको छ । भिसा सेक्युरिटी गाइडलाइन्स तथा नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंकको भिसा डेबिट कार्डमा परिवर्तन गर्नुपर्ने भएकाले पुरानो कार्ड नचल्ने भएको हो ।

बैंकले यस अगाडि प्रयोगमा ल्याएको भिसा डेबिट कार्डलाई अब Magstripe कार्ड चिपमा आधारित EMV VISA CARD मा जारी गर्न माइग्रेसनको कार्य गरिरहेको जनाएको छ । बैंकले नयाँ चिपमा आधारित कार्ड निशुल्क जारी गरेको समेत बताएको छ ।

हाल प्रयोग भइरहेको कार्ड केही समय प्रयोग गर्नुपर्ने भएमा सो सम्बन्धि निवेदन सम्बन्धित शाखा कार्यालयमा दिन समेत बैंकले भनेको छ । बैंकले नयाँ चिपमा आधारित कार्ड लिनका लागि नजिकको शाखा कार्यालयमा निवेदन दिन समेत बैंकले सूचना जारी गरेको छ ।

 

Publish on: