विराटनगर र धरानमा शाखा लिएर पुग्यो एन.आई.सी एशिया बैंक « Eglish Khabarhub

विराटनगर र धरानमा शाखा लिएर पुग्यो एन.आई.सी एशिया बैंक



काठमाडौं । एन।आई।सी एशिया बैंकले विराटनगर महानगरपालिका र धरान उपमहानगरपालिकामा नयाँ शाखा कार्यालयहरुको खोली कारोबार शुभारम्भ गरेको छ ।

मोरङ जिल्लाको विराटनगर महानगरपालिका वडा नं. १५, रानी मिल्स एरियास्थित रानी मिल्स एरिया शाखाको बैंकका सञ्चालक राजेन्द्र प्रसाद अर्यालले उदघाटन गरेका छन । त्यसै गरी सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा नं. १८ बुद्ध चोकस्थित बुद्ध चोक शाखाको बैंकका सञ्चालक विनोद कुमार प्याकुरेलले भव्य समारोहकाबीच उदघाटन गरेका हुन ।

बैंकले हाल मुलुकभर २८४ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २८ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Publish on: