सिटिजन्स बैंक र प्राइम लाइफबीच बैकास्योरेन्स सम्झौता « Eglish Khabarhub

सिटिजन्स बैंक र प्राइम लाइफबीच बैकास्योरेन्स सम्झौता



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीबीच बैकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता पश्चात् सिटिजन्स बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गर्न, सोको प्रिमियम रकम बुझाउन, बीमा लेख लिन, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवाहरु लिन सक्नेछन् । यसबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै छिटो, छरितो र सहज रुपमा जीवन बीमा सम्बन्धी सेवाहरु प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७६ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट आधुनिक बैंकिङ्ग सेवा दिदै आएको छ ।

Publish on: