काठमाडौं । एन आई सी एशिया बैंकले झापा जिल्लाको केचनाकवल गाउँपालिका र स्याङ्गजा जिल्लाको आँधीखोला गाउँपालिका पञ्चमूलमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
केचनाकवल गाउँपालिकाको घेराबारीमा सञ्चालनमा ल्याइएको शाखारहित बैंकिङ सेवाको समुद्घाटन बैंकका दमक क्षेत्रीय कार्यालयका सम्बन्ध प्रबन्धक विशाल घिमिरेले गरेका छन । यसैगरीे आँधीखोला गाउँपालिकाको पञ्चमूलमा सञ्चालनमा ल्याइएको शाखारहित बैंकिङ सेवाको समुद्घाटन पञ्चमूल गाउँपालिका –१ का वडा अध्यक्ष लोकप्रसाद ढकालले गरे ।
बैंकले हाल मुलुकभर २८४ शाखा कार्यालयहरु, २८९ एटिएम, ४२ वटा एक्स्टेन्सन काउण्टर एवं ३१ वटा शाखारहित बैंकिङ ईकाईमार्फत् बैंकिङ सेवा प्रदान गर्दैै आएको छ
SHARE YOUR THOUGHTS