राजधानीका यी रुटमा सवारी आवागमन अवरुद्ध हुँदै, बैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध « Eglish Khabarhub

राजधानीका यी रुटमा सवारी आवागमन अवरुद्ध हुँदै, बैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध




काठमाडौं । आज काठमाडौका केहि रुटमा अबको केहि बेर सवारी आवागमन अवरुद्ध हुने भएको छ ।

महानगरीय प्रहरी कार्यालयले जारी गरेको सूचना अनुसार अबको अबको केहि समयमा विषेश कारणवश शितल निवासबाट लक्ष्मी निवास, शिवपुरी उ।मा।वि, बालुवाटार, भाटभटेनी, छातागणेश, नक्साल भगवती, लोत्से चोक, ज्ञानेश्वर, रातोपुल, गौशाला चोक, तिलगंगा, एयरपोर्ट गेट हुँदै चल्ने सवारी साधनहरु एकतर्फी रुपमा प्रभावित हुनेछन ।

उक्त मार्ग भएर चल्ने सवारी साधनहरुले वैकल्पिक मार्गको प्रयोग गर्नुहुन महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनुरोध गरेको छ ।

Publish on: