सांग्रिला डेभलपमेन्ट बैंक र स्पारो पे बीच सम्झौता « Eglish Khabarhub

सांग्रिला डेभलपमेन्ट बैंक र स्पारो पे बीच सम्झौता



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र स्पारो पे बिच खल्ती (डिजीटल वालेट) सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

बैंक र उक्त कम्पनी बिच आयोजित कार्यक्रममा उक्त सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत (सिइओ) सुयोग श्रेष्ठ र स्पारो कम्पनीको तर्फबाट निर्देशक ध्रुब अधिकारीले हस्ताक्षर गरेका छन् ।

सांग्रिला बैंकले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु जस्तै मोबाईल बैंकिङ्ग, लकर, एटिम, इन्टरनेट बैंकिङ्ग, एबिबिस, रेमिटयान्स सुविधाहरु दिंदै आएको छ । अहिले निकै प्रचलनमा रहेको पेमेन्ट गेटवे खल्तीसँग सम्झौता गरेको छ ।

यस सुविधा अन्तर्गत सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुले इन्टरनेट बैंकिङ्ग तथा मोबाईल बैंकिङ्गद्वारा आफ्नो खातामा रहेको रकम खल्तीमा लोड गरी मोबाइल टपअप, एअर टिकट खरिद, खानेपानी शुल्क भुक्तानी, विद्युत महसुल भुक्तानी, सिनेमाका टिकेट जस्ता विभिन्न अन्य सुविधाहरु प्राप्त गर्न सकिन्छ ।

उक्त सेवालाई बैंकको शाखाहरुमा काउन्टरबाट डिपोजिट फर्म भरेर पनि यो सुविधा उपयोग गर्न सकिने बैंकले जनाएको छ ।

Publish on: