काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख ५६ हजार १९३ रुपैयाँ भ्रष्टाचार गर्ने प्रधानाध्यापक राकेश कुमार सिंह विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार रत्न कन्या आधारभूत विद्यालय, सिसिर्या, गौर रौतहटका प्रधानाध्यापक सिंहले कम्प्युटर खरिद, पी.सी.एफ.अनुदान, एस.पी.आई अनुदान, छात्रवृत्ती, पाठ्यपुस्तकको रकम हिनामिना गरेका थिए ।
प्रधानाध्यापक सिंहले विद्यालयको पाठ्यपुस्तक खरिद एवं वितरण गर्दा विद्यार्थी भन्दा बढी पुस्तक खरिद गरेको देखाएको, विद्यालयको शौचालय निर्माण तथा मर्मतसमेत गर्न झिकिएको पेश्की रकम आफैंसँग राखेको आयोगको भनाई छ ।
सिंहलाई भ्रष्टाचार निवारण ऐन, दफा ३ को उपदफा(१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम सजाय हुने छ । साथै सिंहले विद्यार्थी हाजिरी रजिष्टरमा संख्या थपघट गरी पुनः पहिले देखि कै दैनिक हाजिरी संकेत गरी विद्यार्थी संख्या बढाई नाम हेरफेर, थपघट गरी सरकारी कागजात गैरकानुनी तरिकाले सच्याउने कार्य गरेको आयोगको ठहर छ ।
SHARE YOUR THOUGHTS