आज ‘फ्रेन्डसिप डे’ अर्थात् मित्रता दिवष । संसारभर मित्रता दिवसको उपलक्ष्यमा शुभकामना आदान प्रदान भइरहेका छन् ।
यसै अवसरमाा भारतमा बिलियन डलर बनेका २ कम्पनी बिलडेक्स र फ्रेशडेक्सका संस्थापकहरु कसरी साथीहरु मिलेर सफलताको बाटो तय गर्न सफल भए भन्ने बारेमा अनुभव साट्दै छन् ।
आज हामीले तीनै संस्थापकहरुको मित्रताबारे केही जानकारी पस्कँदै छौं ।
१) बिलडेस्क कम्पनी
सन् १९९९ मा कात्तिक गणपति, एमएन श्रीनिवासु र अजय कौशलले पेमेन्ट गेटवे कम्पनी बिलडेस्क सुरु गरेका थिए ।
यी ३ जना भारतीय नागरिकले इन्टरनेटको चलन आम नभइसक्दाको समयमा सुरु गरेको कम्पनी आज भारतमा अर्बपति कम्पनीका रुपमा पहिचान बनाएको छ ।
भारतमा विद्युतीय कारोबारको ७० प्रतिशत अनलाइन बिलिङ कारोबार यहीबाट हुन्छ । प्रत्येक वर्ष यी कम्पनीहरुले ४.५ लाख करोड भारतीय रुपैयाँको कारोबार गर्दछन् ।
कम्पनीका ३ जना संस्थापकमध्येका एक अजय कसरी मित्रताको जगमा उभिएर यहाँसम्म आइपुग्यो अनुभव साट्दैछन् ।
काम छुट्टियो तर हामी छुट्टएनौं- अजय
हामी ३ जना साथीहरुको भेट सबैभन्दा पहिले सन् १९९८ मा मुम्बईमा अमेरिकी अकाउन्टिङ फर्म अर्थर एन्डरसनमा भएको थियो ।
त्यही चिनजान भयो । स्वभाव मिल्यो । विस्तारै हामीहरु साथी भयौं । राम्रो साथी । यसैबीच हामीहरु कै एक ग्राहकले हामीलाई कन्सलटिङको जागिर छाडेर आफ्नै नयाँ व्यवसाय गर्न सुझाव दिएका थिए । उनको कुरामा हामीले आपसमा चर्चा गर्र्यौ ।
सुझाव राम्रो लाग्यो । त्यसैले जागिर छाड्ने निर्णय गर्यौं ।
सन् १९९८ डिसेम्बर ३१ मा हामीले एन्डरसन कम्पनी छाड्यौं । जागिर छाडेपछि ३ जना साथीहरु सन् १९९९ को नयाँ वर्षमा बेरोजगार भयौं ।
जागिर छाडेको केही समयपछि हामीले इलेक्ट्रिक पेमेन्ट कम्पनीमा काम गर्न सुरु गर्र्यौ र बैंक अफ बडोदरालाईे पहिलो ग्राहक बनायौं ।
कम्पनी चलाउनका लागि सबैले आ–आफ्नो विशेषज्ञतामा काम गर्नु जरुरी थियो । त्यसैले हामीले काम विभाजन गर्र्यौ । कात्तिकले टेक्नोलोजी, बासुले अकाउन्टिङ र मैले बजार हेर्न थाल्यौं । काम तीन भागमा छुट्टियो तर हामीहरु कहिल्यै छुट्टिएनौं । सधै साथमै रह्यौं ।
आज पनि हामी तीन एकै क्याबिनका तीन वटा कार्यालयमा बस्छौं । रमाइलो त के छ भने आजसम्म हामी तीन जना जति सँगै बसेका छौं त्यति समय परिवारलाई पनि दिएका छैनौं ।
जब हामीले बिलडेस्क सुरु गरेका थियौं । तब इन्टरनेट थिएन । हामीले समयक्रमसँगै बिजनेस मोडल पनि परिवर्तन गरिरह्यौं । सुरुमा एक÷२ वर्षको लक्ष्य लिएर अगाडि बढ्थ्यौं । हामीले जहिले पनि नयाँ क्षेत्रमा काम गरिराख्यौं । अहिले कुनै पनि क्षेत्रका टप १० कम्पनीमध्ये ६ वटा कम्पनी हामीसँग काम गरिरहेका छन् ।
दुई दशक लामो व्यवसायिक यात्राले हामीलाई मित्रताको महत्व सिकायो । हामीले मित्रताबाट काम सहज हुने कुरा थाहा पायौं । त्यसलाई अनुसरण गर्यौं र जति ठूलो चूनौती आए पनि समाधान गर्न सक्ने भयौं । सँगै काम गर्दा समस्या समाधान भएको थाहा पनि हुँदैनथ्यो ।
२) फ्रेसडेस्क कम्पनी
सन् २०१० मा दुई साथीहरु गिरिश मथरुभूतम र शान कृष्णासामीले फ्रेसडेस्क कम्पनी सुरु गरे । एउटा सानो घरबाट सुरु भएको कम्पनीले ९ वर्षमा युनिकर्न स्ट्याटस पायो ।
कम्पनीमा कर्मचारीको संख्या ६ बाट ३१३७ पुग्यो । कसरी यी दुईको मित्रताले सुरु भएको कम्पनी शुन्यबाट शिखरमा पुग्यो यो किनै रोचक छ ।
संस्थापक गिरिश भन्छन, ‘मैले सोधे सँगै काम गरौं, शानले तुरुन्तै जागिर छाड्यो, अनि कम्पनी सुरु गर्र्यौ ।’
भारतको तमिलनाडूका चिरुचिरापल्लीमा जन्मिएका गिरिश भन्छन् ‘आज जे जति छु, त्यो सबै मित्रताकै कारणले हो, साथीले मलाई कम्प्युटर सिकायो, त्यसैले त मैले पहिलो कम्पनी एक्सपर्ट ल्याव खोल्न सकेँ ।’
यसका लागि ५ जना साथीहरुले १५ हजार रुपैयाँ दिएका थिए । जसबाट मैले टेबुल र कम्प्युटर खरिद गरेँ । पहिलो महिनामा १ लाख भारु आम्दानी भयो । केहीइ समयपछि म यो कामबाट बोर भइसकेको थिए । फेरि मैले अमेरिकन कम्पनी जोहोसँग काम गरेँ ।
यहाँ मेरो चिनजान शान कृष्णासामीसँग भयो । मित्रता बाक्लियो । र, कम्पनी सुरु गर्यौं । आज १० वर्ष बितिसकेको छ ।
मलाई एक दिन केही नयाँ गर्नुपर्छ भन्ने लाग्थ्यो । मनमा सोच थियो । तत्कालिन समयमा मैलै एक लेख पढेको थिएँ । जसमा एक ग्राहकले मूल्य दिएर पनि राम्रो सर्भिस नपाएको गुनासो गरिएको थियो ।
यसै समस्याबाट मलाई आईटी सोल्यूसन कम्पनी फ्रेसडेस्कको आइडिया आएको थियो । यो कुरा मैले सानसँग सेयर गरेँ र भने, ‘सँगै काम गर्ने हो त ?’
सानले मेरो प्रस्ताव सुने वित्तिकै एक पलमै जागिर छाडिदिए । त्यस समय सानले हुँदैन भनेको भए फ्रेसडेस्क नै सुरु हुँदैनथ्यो ।
हामीलाई थाहा थियो कि यो निकै गाह्रो काम हो । किनभने बजारमा यस्ता ६०० वटा कम्पनी पहिलेदेखि नै थिए ।
सन् २०१० मा हामीले दुई जना साथी मिलेर ६० लाख रुपैयाँ भारुमा कम्पनी सुरु गरेका थियौं । सुरुमा ४ जनालाई जागिर दियौं । कम्पनी सुरु भएको भोलिपल्ट नै हामीले पहिलो ग्राहक पाइसकेका थियौं ।
आजका दिनमा विगत फर्केर हेर्दा त्यो निर्णय सही लाग्छ । यो मित्रताकै कारणले आज हामी विश्वका ६० वटा देशमा सेवा दिन सकिरहेका छौं ।
SHARE YOUR THOUGHTS