काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले नेपालमा आर्थिक पत्रकारिता निकै फस्टाएको भन्दै मुलुकको हितका लागि समाचार लेख्न आग्रह गरेका छन् ।
शनिबार राजधानीमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन)को ३० औं वार्षिक साधारण सभा एवम अधिवेशनमा बोल्दै गभर्नर नेपालले हिट हुने नाममा मुलुकको अहितमा समाचार नलेख्न आग्रह गरे ।
उनले भने, ‘पत्रकारिता मुलुकको विकासका लागि हुनुपर्छ, हिट हुने नाममा समाचार लेख्नुहुँदैन ।’
उनले पत्रकारिता सरकार र प्रतिपक्ष हुन नसके समेत बताए । पत्रकारिताको विकासमा आफ्नो साथ र सहयोग सधैभरी रहने बताउँदै नेपालले सामाजिक सञ्जालले पत्रकारितामा चुनौती थपेको समेत बताए ।
सामाजिक सञ्जालमा गलत सूचनाहरु छिटो प्रवाह हुने भएकाले त्यसलाई स्क्रिनिङ गरेर समाचार बनाउनु पत्रकारिताका लागि चुनौती भएको उनको भनाइ छ ।
पत्रकारिता आफैमा चूनाती भएको उल्लेख गर्दै गभर्नर नेपालले विकसित देशमा अझ बढी चुनौती हुने गरेको उल्लेख गरे ।
आर्थिक पत्रकारलाई चुनाव लाग्योः १० पदमा १९ जना भिड्दै, कस्ले मार्ला बाजी ?
सेजनको अधिवेशनले शनिबार नै नयाँ कार्यसमिति निर्वाचित गर्नेछ । यसका लागि पनि गर्भनर नेपालले नयाँ आउने कार्यसमितिलाई शुभकामना दिए । उनले भने, ‘निर्वाचन हो जित हार हुन्छ, जो आउनुहुन्छ राम्रो काम गर्नुहोस मेरो शुभकामना छ ।’
SHARE YOUR THOUGHTS