तिजको अघिल्लो दिन घट्यो सुनको मूल्य « Eglish Khabarhub

तिजको अघिल्लो दिन घट्यो सुनको मूल्य



काठमाडौं । हिन्दु धर्मावलम्बी महिलाहरुको महान चार्ड तीजको अघिल्लो दिन सूनको मूल्य घटेको छ ।

गत साताको अन्तिम दिनको भन्दा सूनमा प्रति तोला ४ सय रुपैयाँको दरले घटेको छ । गत शुक्रबाट ७२ हजार ४ सय रुपैयाँमा बिक्री भएको सुन आइतबार ७२ हजार रुपैयाँमा बिक्री भएको सूनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन घट्दा पनि चाँदीको मूल्यमा भने कुनै थपघट भएको छैन । आइतबार चाँदी प्रति तोला ८८५ रुपैयाँमा कारोबार भएको छ ।

Publish on: