नेपाली सेनाको पश्चिम एयर वेश सञ्चालनमा « Eglish Khabarhub

नेपाली सेनाको पश्चिम एयर वेश सञ्चालनमा




काठमाडौं । नेपाली सेनाले पश्चिम एयर वेश सञ्चालनको औपचारिक शुभारम्भ गरेको छ । भदौ १७ गते प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले सुर्खेतस्थित नेपाली सेनाद्वारा स्थापना भएको पश्चिम एयर वेश सञ्चालनको औपचारिक शुभारम्भ गरेका हुन ।

नेपाली सेनाले पश्चिम र पूर्वमा एयर वेश स्थापना गरी काठमाडौंबाट मात्रै प्रदान गर्दै आएको हवाई सुविधालाई क्रमशः मुलुकभर विस्तार गर्ने नीतिअनुसार नेपाली सेनाले सुर्खेतस्थित पश्चििम एयर वेशको शुभारम्भ गरी उक्त कार्यको थालनी गरेको हो ।

सुरक्षित हवाई क्षमता वृद्वि गर्ने उद्देश्यले सुर्खेतस्थित पश्चिम एयर वेशमा ह्यांगर निर्माण कार्यको थालनी भइसकेको र हाल एम आई–१७ सहित दुई वटा हेलिकप्टर नियमित रुपमा तैनाथ गरी सुरुवात गरिएको हो ।

नेपाली सेनाले आगामी १० वर्षभित्र हवाई साधन थप गरी सेकेन्ड लाइन मेन्टिनेन्ससहितको सेवा प्रदान गर्ने उद्देश्य रहेको छ ।

नेपाली सेनाको हवाई पारवहन क्षमतालाई उपत्यका बाहिर समेत विस्तार गरी सेवा प्रदान गर्ने कार्यक्रम अन्तर्गत पश्चिम एयर वेशले पश्चिम तथा सुदुर पश्चिमका जनताहरुलाई विपद् तथा आकस्मिक घटनाहरुको समयमा छिटोछरितो र प्रभावकारी ढंगबाट उद्दार तथा राहत वितरण कार्यमा थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

उक्त शुभारम्भ कार्यक्रममा युद्वकार्य महानिर्देशक, व्यवस्था नीति तथा योजना महानिर्देशक, प्रबन्ध तथा संभाररथी, सैनिक हवाई महानिर्देशक, उत्तर पश्चिम पृतनापतिलगायत उच्च पदस्थ सैनिक अधिकारीहरुको उपस्थिति थियो ।

Publish on: