उद्योगमन्त्रीको घोषणा- लगानीको वातावरण बन्यो, १० वर्षपछि कुनै नेपाली रोजगारी खोज्दै विदेश जानु पर्दैन « Eglish Khabarhub

उद्योगमन्त्रीको घोषणा- लगानीको वातावरण बन्यो, १० वर्षपछि कुनै नेपाली रोजगारी खोज्दै विदेश जानु पर्दैन


१९ फाल्गुन २०७३, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]


काठमाडौं । उद्योगमन्त्री नविन्द्रराज जोशीले नेपालमा लगानीको वातावरण बनेको बताएका छन् ।

राजधानीको सोल्टी होटलमा बिहीबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री जोशीले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गरे ।

नेपालमा हजारौंलाई रोजगारी चाहिएकाले नेपालले लगानी आकर्षण गर्नै पर्ने उनको भनाई छ ।

‘नेपालमा लगानीको वातावरण बनेको छ, अबको १० वर्षपछि कुनैपनि नेपाली रोजगारी खोज्दै विदेश जानु पर्दैन,’ मन्त्री जोशीले घोषणा गरे ।

विश्व बजारमा जोडिनका लागि नेपालले हाम्रा धेरै नीति नियमहरु समयानूकुल धमाधम संसोधन गरिरहेको लगानीकर्ताहरुलाई जानकारी गराए ।

‘हामी अहिले दोस्रो चरणको आर्थिक सुधारको अभियानमा छौं,’ उनले भने,- ‘नेपाल विदेशी लगानी भित्र्याउन तयार छ । हामीले बुधबार मात्रै ३० अर्ब रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत गरेका छौं ।’

केही वर्षअघि डा. रामशरण महतले दोस्रो चरणको आर्थिक सुधारको काम सुरु गरेका थिए । जसमा विद्यमान ऐन, कानूको समयाअनुकुल परिमार्जनलाई विषेश जोड दिइएको थियो ।

ऐन कानून परिमार्जन गरेर लगानी आकर्षण गर्ने दोस्रो चरणको आर्थिक सुधारको उद्देश्य भएको महतले बताउँदै आएका छन् ।

विषेश आर्थिक क्षेत्र (सेज) सम्बन्धी ऐन, कम्पनी ऐन, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, बैंकिङ कसूर सम्बन्धी ऐन संसदबाट पारित भइसकेको र अन्य आर्थिक ऐनहरु संसदमा छलफलका क्रममा रहेको उनले जानकारी गराए ।

सम्मेलनमा ऊर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वित्तीय क्षेत्र, खानी तथा खनिज, कृषि तथा वनजन्य उत्पादनलगायतका क्षेत्रसँगसम्बन्धित विभिन्न विषयगत सत्रमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरिने छ ।

सम्मेलनमा विदेशी लगानीकर्ता, विज्ञ तथा स्वदेशी राजनीतिक दलका प्रमुख तथा नेता, मन्त्रीगण, विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाका वरिष्ठ अधिकारी, सरकारी उच्च अधिकारी, व्यावसायिक नेतृत्व, विज्ञ वक्ता तथा समूह छलफलमा सहभागी हुने कार्यक्रम छ ।

सहभागिताका लागि भारत, चीन, बगंलादेश, श्रीलंका, सिंगापुर, हङकङ, मलेसिया, अस्ट्रेलिया, फ्रान्स, इटाली, जापान, अमेरिका, रुस, क्यानाडा, बेलायत, दक्षिण कोरिया, फिनल्यान्ड, इरान, टर्की, भियतनामलगायत दुई दर्जन मुलुकका झन्डै २५० संस्थागत तथा व्यक्तिगत लगानीकर्ताले प्रतिबद्धता जनाएको मन्त्री जोशीले जानकारी दिए ।

सम्मेलनमा सबैभन्दा बढी चीनबाट ८९ ख्याती प्राप्त कम्पनीका प्रतिनिधिको सहभागिता हुने सुनिश्चित भएको छ । भारतबाट २१, श्रीलंकाबाट २०, मलेसियाबाट १४, जापानबाट १३, क्यानाडाबाट १२, हङकङबाट १०, बेलायत, दक्षिण कोरिया र भियतनामबाट आठ/आठ, रुसबाट सात र संयुक्तराज्य अमेरिकाबाट छवटा कम्पनीका प्रतिनिधिको सहभागिता हुने तय भएको उद्योग मन्त्रालयले जनाएको छ ।

त्यसैगरी करिब ३०० स्वदेशी लगानीकर्ता, नीतिनिर्माता तथा विज्ञ पनि सम्मेलनमा सहभागी हुनेछन् । सम्मेलनमा करिब १ खर्ब रुपैयाँ बराबरको लगानी घोषण हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७३, बिहिबार ००:००  १० : ४३ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping