काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवासको बालुवाटारमा बिहीबार शिलान्यास गरेका छन् ।
साविककै निवास रहेको ठाउँमा अत्याधुनिक नयाँ भवन नौ महिनामा निर्माण सम्पन्न भइसक्ने गरी शिलान्यास भएको हो । पहिला बनेको भवन राज्य सञ्चालनका लागि उपयुक्त नभएकोले पनि नयाँ भवनको आवश्यकता परेको प्रधानमन्त्री ओलीले बताए ।
‘देशको शासन, प्रशासन, विकास निर्माण परामर्श, कुटनीति सम्बनधलाई प्रभावकारी बनाउनका लागि पनि अत्याधुनिक भवनको आवश्यकता थियो’ प्रधानमन्त्री ओलीले भने, ‘अब निर्माण हुने भवनले शताब्दीसम्म नेपालका प्रधानमन्त्रीको त्यो आवश्यकता पुरा गर्नेछ ।’ करिब ३० करोड लागतमा प्रधनमन्त्री निवास निर्माण हुने भएको हो ।
SHARE YOUR THOUGHTS