भ्रमण वर्षलाई लक्षित गरी हानले ल्यायो अफर, होटलका कोठा ३० र खानामा १५ प्रतिशत छुट « Eglish Khabarhub

भ्रमण वर्षलाई लक्षित गरी हानले ल्यायो अफर, होटलका कोठा ३० र खानामा १५ प्रतिशत छुट




काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी होटल एसोसिएसन नेपाल (हान)ले होटलको कोठामा ३० प्रतिशत र खानामा १५ प्रतिशत छुट दिने निर्णय गरेको छ ।

हानकि अध्यक्ष सिर्जना राणाले क्लिकमाण्डूसँग कुरा गर्दै भनिन, ‘भ्रमण वर्ष २०२० को सचिवालयको आग्रहमा हामीले उक्त निर्णय गरेका हौं ।’

उनका अनुसार सचिवालयले झण्डै ३ महिना अघि हानसँग के कस्ता सुविधा दिन सकिन्छ भन्दै माग गरेको थियो ।

जसमा हानका पदाधिकारीहरुको बैठकले होटलको कोठामा बस्नका लागि फूल रेटमा ३० प्रतिशत छुट तथा खानामा १५ प्रतिशत छुट दिने निर्णय गर्दैै सचिवालयमा पठाएको थियो ।

हानले तिहार अघि उक्त निर्णय गरेको थियो । राणाका अनुसार हानका सदस्य रहेका ३६० होटलमा यो छुट लागू हुनेछ ।

भ्रमण वर्षको अवसरमा विदेशी पर्यटकलाई आकर्षित गर्नका लागि आफूहरुले उक्त प्याकेज ल्याएको उनले बताइन् ।

उनका अनुसार यो अफर सन् २०२० को वर्षभरी लागू हुनेछ । सन् २०२ को जनवरी १ देखि डिसेम्बर ३० सम्म लागू हुनेछ ।

सरकारले भ्रमण वर्ष २०२० मनाउने घोषणा गरेको छ । जसमा २० लाख विदेशी पर्यटक ल्याउने लक्ष्य लिएको छ ।

सरकारको उक्त लक्ष्य तथा मुलुकमा पर्यटक आगमन बढाउन सहयोग गर्ने उद्देश्यले हानले उक्त निर्णय लिएको राणाको भनाइ छ ।

Publish on: