थुनछेक बहसपछि पनि छुटेनन् महरा, कारागार चलान गर्न अदालतको आदेश « Eglish Khabarhub

थुनछेक बहसपछि पनि छुटेनन् महरा, कारागार चलान गर्न अदालतको आदेश



काठमाडौं । संसद सचिवालयकी कर्मचारीलाई बलत्कार गरेको आरोप लागेको पूर्वसभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

अदालतले महरालाई डिल्लीबजार काराकारबो थुनामा राख्न आदेश दिएको हो । सोमबार थुनछेक बहसपछि अदालतले कारागार चलान गरेको हो ।

पक्राउ परेयता अस्पताल भर्ना भएका उनलाई अस्पताल पठाउने वा जेलमै राख्ने कारागारले निर्णय गर्नेछ । अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले उनलाई थुनामा राख्न आदेश दिएको हो ।

Publish on: