सानिमा बैंकले ल्यायो ‘सानिमा दीर्घायु बचत तथा तलब खाता’ योजना « Eglish Khabarhub

सानिमा बैंकले ल्यायो ‘सानिमा दीर्घायु बचत तथा तलब खाता’ योजना




काठमाडौं । सानिमा बैंकले बचत कर्ताहरुका लागि स्वास्थ्य परिक्षण तथा बीमा सुरक्षण सुविधा सहितको सानिमा दीर्घायु बचत खाता तथा सानिमा दीर्घायु तलब खाता ल्याएको छ ।
यो योजना अन्तर्गत बैंकले तोकेका अस्पतालहरुवाट ग्राहकले रु. ५ हजारको बार्षिक स्वास्थ्य परिक्षण सुविधा लिन सकिने छ । साथै, नेपाल र भारतमा हुने उपचारमा रु. १ लाख सम्मको औषधि उपचार बीमा सुविधा लिन सकिने छ । त्यसै गरी, यदी ग्राहकको दुर्घटना भई मृत्यु वा कुनै अंग स्थायी रुपमा असक्षम भएमा एकमुष्ठ रु. २० लाख बीमा रकम दावी गर्न सकिने छ ।
यस बाहेक ग्राहकलाई ६ घातक रोगहरुको रक्षावरण सहितको रु. ३ लाख रुपैया बीमा तथा २५ हजार रुपैंयाँकोे मृत्यु लाभ हुने बीमा बैंकले गरी दिने छ ।

Publish on: