एनबी बैंकका सीइओ ढुंगाना भन्छन्- पार्थ इन्टरनेशनललाई ऋण तिर्न पत्र काटिसकेका छौं « Eglish Khabarhub

एनबी बैंकका सीइओ ढुंगाना भन्छन्- पार्थ इन्टरनेशनललाई ऋण तिर्न पत्र काटिसकेका छौं



काठमाडौं । एनबी बैंकले पार्थ इन्टरनेशनललाई दिएको ९ करोड ९० लाख रुपैयाँ उठाउने कानूनी प्रक्रिया शुरु गरिसकेको छ । रेशु अग्रवालको पूर्ण स्वामित्वमा रहेको पार्थ इन्टरनेशनललाई बैंकले २०७५ असार ३२ गते उक्त ऋण दिएको थियो ।

राष्ट्र बैंकको इन्स्पेकसन्स टोलीले उक्त ऋणमा प्रश्न उठाएको थियो । त्यतिमात्रै होइन, राष्ट्र बैंकले उक्त ऋण बराबरको रकम संभावित जोखिम व्यवस्थाका लागि छुट्याउन (प्रोभिजनिङ गर्न) निर्देशन दिएको थियो ।

२ करोडको धितोमा १० करोड ऋण ! बैंकर्स संघका अध्यक्ष ढुंगानालाई राष्ट्र बैंकले स्पष्टिकरण सोध्यो

राष्ट्र बैंकको निर्देशनपछि एनबी बैंकले रेशु अग्रवालका नाममा दिएको उक्त कर्जाको शतप्रतिशत प्रोभिजनिङ गरिसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले बताए ।

‘राष्ट्र बैंकको निर्देशनपछि हामीले रेशु अग्रवाललाई दिएको ऋणको०७६ असार मसान्तको वित्तीय विवरणमै प्रोभिजनिङ गरिसकेका छौं,’ सीइओ ढुंगानाले क्लिकमाण्डूसँग भने, ‘र, २ हप्ताअघि ऋण असूलीको प्रक्रिया अघि बढाइसकेका छौं ।’

सीइओ ढुंगानाका अनुसार बैंकले पार्थ इन्टरनेशनलको मालिक रेशु अग्रवाललाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न पत्राचार गरिसकेको छ ।

‘तोकिएको समयमा ऋण असूली नभए बैंकले कम्पनी र व्यक्तिलाई कालोसूचीमा राखेर सम्पत्ति लिलामी गरी असूल गर्छौं,’ ढुंगानाले भने ।

तर, बैंकले १ करोड ८९ लाख रुपैयाँ डिस्ट्रेश भ्यालू भएको सम्पत्ति धितो लिएर ९ करोड ९० लाख रुपैयाँ कर्जा दिएको थियो । २०७५ असार २० गते बिराटनगर वाणिज्य कार्यालयमा प्राइभेट कम्पनी रजिस्ट्रेशन अन्तगर्त दर्ता भएको पार्थ इन्टरनेशनलले २०७५ असार २३ गते बैंकमा कर्जाका लागि आवेदन दिएको थियो ।

‘सञ्चालकले नै यत्तिको व्यक्तिसँग कारोबार गर्दा हुन्छ भनेपछि मैले सहज रुपमा लिएँ,’ सीइओ ढुंगाानले भने, ‘हाम्रो बैंकको सञ्चालक दिपक कार्कीजी ऋणी रेशु अग्रवालसँग जेपी हाइड्रोमा पार्टनर हुनुहुँदो रहेछ, उहाँले त्यो कुराको जानकारी बैंकलाई गराउनु भएन । सञ्चालक साझेदार भएको कम्पनीमा बैंकले ऋण दिएको देखेपछि राष्ट्र बैंकले हामीलाई प्रष्टिकरण सोध्यो र, उक्त ऋण प्रोभिजनिङ गर्न निर्देशन दियो ।’

र, बैंकले २०७५ असार ३२ गते उक्त ऋण स्वीकृत गरेको थियो । असार मसान्तमा ९ करोड ९० लाख रुपैयाँ बराबरको ऋण स्वीकृत भएको पाएपछि राष्ट्र बैंकले ‘मिलेमतो’ को आशंका गरेको थियो ।

राष्ट्र बैंकले उक्त ऋण प्रोभिजनिङ गर्न लगाएर बैंकका सीइओ ढुंगाना, सञ्चालक दिपक कार्की र सञ्चालक समितिलाई कारबाही किन नगर्ने ? भन्दै प्रष्टिकरण सोधेको थियो ।

सीइओ ढुंगाना, सञ्चालक कार्की र सञ्चालक समितिले राष्ट्र बैंक समक्ष स्प्रष्टिकरण पेश गरिसकेका छन् । यद्यपि राष्ट्र बैंकले स्प्रष्टिकरण चित्तबुझ्दो नभएको भन्दै स्थलगत अध्ययन शुरु गरेको छ ।

बैंकका सञ्चालक दिपक कार्कीले रेशु अग्रवालको ऋणको प्रस्ताव ल्याएको सीइओ ढुंगानाले बताए ।

‘सञ्चालकले नै यत्तिको व्यक्तिसँग कारोबार गर्दा हुन्छ भनेपछि मैले सहज रुपमा लिएँ,’ सीइओ ढुंगाानले भने, ‘हाम्रो बैंकको सञ्चालक दिपक कार्कीजी ऋणी रेशु अग्रवालसँग जेपी हाइड्रोमा पार्टनर हुनुहुँदो रहेछ, उहाँले त्यो कुराको जानकारी बैंकलाई गराउनु भएन । सञ्चालक साझेदार भएको कम्पनीमा बैंकले ऋण दिएको देखेपछि राष्ट्र बैंकले हामीलाई प्रष्टिकरण सोध्यो र, उक्त ऋण प्रोभिजनिङ गर्न निर्देशन दियो ।’

यसरी लिएको ऋण सेयर बजारमा लगानी भएको केही तथ्य फेला परेपछि राष्ट्र बैंकले थप अध्ययन गरिरहेको छ । खाद्य स्टोर किन्न लिएको ऋण सेयर किन्न र सेयर धितोमा लिएको ऋण तिर्न, वा अन्य कुनै कामका लागि खर्च भएको ठहरिएमा रेशु अग्रवालमाथि कर्जा अपचलन गरेको अभियोगमा बैंकिङ कसूरको मुद्दा लाग्ने छ ।

जेपी हाइड्रोमा कार्कीको स्वामित्वमा ११ प्रतिशत र अग्रवालको स्वामित्वमा ८९ प्रतिशत सेयर थियो ।

पार्थ इन्टरनेशनलले बिराटनगरमा रहेको पूरानो खाद्य स्टोर किनेर ट्रेडिङ व्यवसाय सञ्चालन गर्दै आएको छ । उक्त खाद्य स्टोर किन्नका लागि बैंकले ९ करोड ९० लाख रुपैयाँ ऋण दिएको हो ।

तर, यसरी लिएको ऋण सेयर बजारमा लगानी भएको केही तथ्य फेला परेपछि राष्ट्र बैंकले थप अध्ययन गरिरहेको छ । खाद्य स्टोर किन्न लिएको ऋण सेयर किन्न र सेयर धितोमा लिएको ऋण तिर्न, वा अन्य कुनै कामका लागि खर्च भएको ठहरिएमा रेशु अग्रवालमाथि कर्जा अपचलन गरेको अभियोगमा बैंकिङ कसूरको मुद्दा लाग्ने छ ।

तर, रेशु अग्रवाल जेन्यून व्यवसायी भएकाले बैंकले तोकेको समयमा ऋण उठ्न सक्ने सीइओ ढुंगाना बताउँछन् ।

‘जेन्यून व्यवसायीलाई नै ऋण दिइएको हो, त्यसैले हामीले दिएको समयमै ऋण उठ्नेमा विश्वास छ,’ उनले भने ।

Publish on: