काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सुदूर पश्चिम प्रादेशिक कार्यालय कैलालीको धनगढीमा स्थापना भई समुद्घाटन सम्पन्न भएको छ ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंक नपुगेका स्थानिय तहमा बैंकिङ्ग सेवा पुर्याउंदै जाने प्रतिबद्धता ब्यक्त गर्दै समृद्ध नेपाल सुखी नेपालीकोूे नारा सार्थक पार्न बैंक तथा वित्तीय संस्थाहरुको अहम् भुमिका हुने बताउंदै त्यसमा राष्ट्रिय वाणिज्य बैंकले अग्रणी भुमिका निर्वाह गर्ने बताए ।
बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २३८ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।
SHARE YOUR THOUGHTS