काठमाडौं । सेञ्चुरी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
बैंकले सार्वजनिक गरेको ब्याजदरमा मुद्दति निक्षेप तर्फ व्यक्तिगतमा ९.२५ र संस्थागत तर्फ ८.५० प्रतिशत रहेको छ ।
यस्तै बचतमा सबै भन्दा बढी ६.५० र न्यूनतम १ प्रतिशत ब्याज रहेको छ । बैंकले हाल २२ प्रकारका बचत खाता सञ्चालनमा ल्याएको छ ।
बैकको असोज मसान्तसम्मको आधारदर १०.४५ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिदाँ १६.४५ प्रतिशत रहेको छ ।
बैंकबाट भेहिकल लोन लिँदा १६.४५ प्रतिशत सम्म ब्याज लाग्ने छ । यस्तै होम लोन लिँदा १५.७, शैक्षिक धितोकर्जा १३.९५, सेयर धितोकर्जा १४.७ प्रतिशत ब्याज लाग्ने छ ।
SHARE YOUR THOUGHTS