मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गरिमा विकास बैंकको नयाँ शाखा हात्तीगौंडामा


 

काठमाडौं । गरिमा विकास बैंकले बुढानिलकण्ठ नगरपालिका वडा नं.–७, हात्तीगौंडामा नयाँ शाखाा स्थापना गरेको छ । उक्त शाखा कार्यालयको औपचारिके उद्घाटन बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धव प्रसाद खरेलले गरेका छन् ।

कार्यक्रममा बोल्दै विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले यस क्षेत्रमा छरिएर रहेको पुँजीलाई एकीकृत गरी उद्यमशिलताको विकास तथा नगरपालिकाभित्र विभिन्न व्यापार व्यावसायको विस्तारका लागि ग्राहकहरुलाई आवश्यक पुँजी प्रवाहको लक्ष्य राखी विकास बैंकले सम्पूर्ण आधुनिक बैंकिङ्ग सुविधा सहित शाखा कार्यालय सञ्चालनमा ल्याएको जानकारी दिए ।

गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र १० वटा शाखा सहित देशभर ९० शाखा र ४६ एटीएम र गरिमा रेमिटका करिब १०,००० एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।