काठमाडौं । मुक्तिनाथ विकास बैंक र काठमाण्डौस्थित ट्रयाङ्गकुलिटी स्पौंबीच बैंकका ग्राहकहरुलाई स्पामा तोकिएका शुल्कमा विशेष छुट दिने सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा ट्रयाङ्गकुलिटी स्पाको तर्फबाट वजारीकरण तथा बिक्रि प्रबन्धक बन्दना गुरुङ्ग र मुक्तिनाथ विकास बैंकको तर्फबाट वजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सीेले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डवाहक ग्राहकहरूले ट्रयाङ्गकुलिटी स्पामा तोकिएका विभिन्न सेवाहरुमा ३० प्रतिशत सम्म छुट पाउने व्यवस्था भएका छन् ।
मुक्तिनाथ विकास बैंकले देशैभरी रहेका १३३ शाखाहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बंैकास्योरेन्स, आस्वा, मोबाइल बंैकिंङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटिएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराउदै आएको छ ।
SHARE YOUR THOUGHTS