उर्जा बचत गर्ने शिवम् सिमेन्टले पायो वाणिज्य बैंकबाट एक करोड अनुदान « Eglish Khabarhub

उर्जा बचत गर्ने शिवम् सिमेन्टले पायो वाणिज्य बैंकबाट एक करोड अनुदान




काठमाडौं । शिवम् सिमेन्टले उर्जा वचत गरेबापत राष्ट्रिय वाणिज्य बैंकबाट एक करोड अनुदान पाएको छ । राष्ट्रिय वाणिज्य बैंकद्धारा जर्मन सरकारको सहयोगमा संचालित इनर्जी इफिसियन्सी प्रोगाम नेपालको अनुदान सहयोग कार्यक्रम अन्र्तगत शिवम सिमेन्टलाई उक्त अनुदान हस्तान्तरण गरेको हो ।

उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गरेकाले स्विकृत अनुदान कार्यविधि अनुसार एक करोड रुपैंयाको अनुदान सहयोग रकमको चेक बिहिबार हस्तान्तरण गरिएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले शिवम सिमेन्टका महाप्रबन्धक नवलकिशोर चौधरीलाई चेक हस्तान्तरण गरेका हुन् ।

नेपाल सरकार र जर्मन सरकारबीच सन् २०१० मा नेपालको औद्योगिक तथा ब्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी उर्जा बचत गर्ने सम्झौता बमोजिम राष्ट्रिय वाणिज्य बैंकले इनर्जी इफिसियन्सी प्रोगाम नेपाल आयोजना कार्यन्वयनको लागि प्रोजेक्ट एक्जिक्युटिङ एजेन्सीको रुपमा सहायता सम्बन्धि कार्य गर्दै आएको छ ।

Publish on: