काठमाडौं । राष्ट्रिय स्तरको ओम डेभलपमेन्ट बैंकलाई गाभेपछि एनएमबि बैंकले नाफामा छलाङ हासिल गरेको छ ।
बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८१ करोड ५१ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष बैंकको नाफा ५५ करोड ५ लाख थियो ।
११ अर्ब ५२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको एनएमबि रिजर्बमा ४ अर्ब ६९ करोड रहेको छ ।
बैंकको खराब कर्जा अनुपात(एनपिएल) १.९७ प्रतिशत रहेको छ । कर्जा निक्षेप अनुपात ७७.२७ प्रतिशत रहेको छ ।
बैंकको बेसरेट १०.३३ प्रतिशत रहेको छ ।
असोज मसान्तसम्ममा एनएमबि बैंकमा १ खर्ब २१ अर्ब निक्षेप रहेको छ भने कर्जा १ खर्ब १० अर्ब रुपैयाँ रहेको छ ।
SHARE YOUR THOUGHTS