हिमालयन बैंकको नाफा ६.८५% बढ्दा अन्य सुचकमा देखियो यस्तो सुधार « Eglish Khabarhub

हिमालयन बैंकको नाफा ६.८५% बढ्दा अन्य सुचकमा देखियो यस्तो सुधार



काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६९ करोड ४२ लाख २२ हजार १७० रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा ६.८५ प्रतिशतले बढी हो । गत आवको सोहि अवधिमा बैंकको नाफा ६४ करोड ९६ लाख ५८ हजार ८६६ रुपैयाँ रहेको थियो ।

यो अवधिमा बैंकको वितरणयोग्य नाफा १९ करोड ८८ लाख ४१ हजार १६० रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको नाफा सँगै खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा पनि बढेको छ ।

बैंकको खुद ब्याज आम्दानी १ अर्ब ३१ करोड २८ लाख ४ हजार ५५५ रुपैयाँबाट बढेर १ अर्ब ३१ करोड ८८ लाख ७९ हजार ४०४ रुपैयाँमा पुगेको छ । यस्तै बैंकको सञ्चालन मुनाफा पनि ९२ करोड ६२ लाख २९ हजार ६३९ रुपैयाँबाट बढेर ९९ करोड २ लाख ८७ हजार ४५० रुपैयाँ पुगेको छ ।

८ अर्ब ५२ करोड २ लाख ५५ हजार ८४४ रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ७९ करोड ५० लाख ६० हजार ८४२ रुपैयाँ रहेको छ । १ खर्ब १५ अर्ब ४८ करोड ३ लाख ९२ हजार ५२९ रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ९७ अर्ब ७० करोड ६८ लाख १ हजार ६१२ रुपैयाँ कर्जा लगानी गरेको छ ।

यो अवधिमा बैंकको खराब कर्जा १.४६ प्रतिशतबाट घटेर १.१६ प्रतिशतमा झरेको छ । ३२ रुपैयाँ ५९ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको प्रतिसेयर नेटवर्थ १९५ रुपैयाँ ८३ पैसा रहेको छ ।

Publish on: