किन पड्किन्छ मोबाइल फोन? (भिडियो सहित) « Eglish Khabarhub

किन पड्किन्छ मोबाइल फोन? (भिडियो सहित)


२० भाद्र २०७३, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

note-7-fireएक सातामै २५ लाख बिक्री भइसकेको सामसुङको नोट ७ को बिक्री एक्कासि स्थगन गरियो । कारण थियो मोबाइलको ब्याट्री र इलेक्ट्रोनिक सर्किटमा गम्भिर त्रुटी । विश्वभर तीन दर्जन सेट पड्किएको खबर आएपछि ‘आफ्ना ग्राहकको सुरक्षा सबैभन्दा ठूलो’ भन्दै बिक्री भएका सेट फिर्ता लिने निर्णय गर्‌यो सामसुङले । त्यसो त मोबाइल फोन पड्किने घटना यो नौलो भने होइन । ब्याट्री र सेट नै पढ्केका समाचार बेला बखत आइरहन्छन् ।

किन पड्किन्छ?

मोबाइलको ब्याट्री पड्किनुमा सबैभन्दा पहिलो कारण हो सेट अत्यधिक तात्नु । यसरी तातिने समस्या सेटको भित्री वा बाहिरी कारण दुवैको हुन सक्छ । युनिभर्सिटी कलेज लन्डनका रसायन इन्जिनियर डोनाल फिनगेन भन्छन् -‘नोट ७ को समस्या बाहिरी नभइ आन्तरिक कारणसँग सम्बन्धित छ ।’

अहिले देखिएको समस्या मोबाइलमा रहने ब्याट्री व्यवस्थापन प्रणाली प्रमुख दोषी देखिएको छ । ब्याट्री व्यवस्थापन प्रणालीले ब्याट्रीमा संचित वा ब्याट्री चार्ज गर्दा प्राप्त हुने इलेक्ट्रोनिक करेन्टको मापन गर्दै मोबाइलमा रहेको चिपलाई ब्याट्रीको अवस्थाबारे जानकारी गराउने गर्दछ । यसले ब्याट्री पुरा चार्ज भएमा चिपलाई चार्जरबाट आउने करेन्ट बन्द गर्न निर्देशन दिन्छ तर यो प्रणालीमा खराबी आएपछि मोबाइल पुरा चार्ज भएपनि चिपलाई प्रणालीले चार्ज बन्द गर्न निर्देशित गर्दैन जसको कारणले ब्याट्री फुल चार्ज भएपनि थप इलेक्ट्रिक करेन्ट प्राप्त गरिरहन्छ ।

चार्ज कन्ट्रोल नभई ब्याट्रीलाई ओभरचार्ज भएमा लिथियम आयोन ब्याट्रीमा थप ताप उत्पन्न गराउँछ र अन्त्यमा विस्फोट हुन जान्छ’ फिनगेन भन्छन् ।

कम्प्युटर, ल्यापटप वा सवारी साधनमा तापक्रम बढ्दा चिस्याउने पङ्खा वा कुलीन झोलको प्रयोग हुन्छ । तर यस्तो व्यवस्था मोबाइल फोनमा हुँदैन । सेट भित्र उत्पन्न ताप बाहिर प्रवाह हुन सक्दैन जसले ब्याट्रीको तापक्रम झन् बढ्छ र ब्याट्री भित्रको रासायनिक सन्तुलन गुम्न गई पड्किन्छ ।

डोनालले ब्याट्रीको तापक्रम बढ्नुलाई स्नोबल इफेक्टसंग तुलना गरेका छन् । मोबाइलभित्रको तापक्रम बढ्ने र बाहिर प्रवाह हुन नसक्ने भएमा उत्पादन भएको ताप पनि पुन ब्याट्रीमै बहन्छ जसले ताप उत्पन्न गराउने रासायनिक प्रतिक्रिया झन् बढ्न जान्छ जसलाई थर्मल रनअवे भनिन्छ । जव मोबाइलको तापक्रम १०० डिग्री नाघ्छ त्यसपछि ब्याट्रीमा एनोड़ र क्याथोड बीचको लेयर टुट्छ र ब्याट्री पड्किन जान्छ ।

सामसुङ नोट ७ विष्फोटको भिडियो:

https://www.youtube.com/watch?v=-quaBJf4E6o

(फोब्सको सहयोगमा)

प्रकाशित मिति : २० भाद्र २०७३, सोमबार ००:००  २ : ४२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping