चार महिनामा १ सय २० मेगावट बिजुली थपिँदै « Eglish Khabarhub

चार महिनामा १ सय २० मेगावट बिजुली थपिँदै


६ आश्विन २०७३, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

tamakosi

काठमाडौं । आगामी चार महिनाभित्र नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा १ सय २० मेगावट विजुली जोडिने भएको छ । यति ठूलो परिमाणमा राष्ट्रिय प्रसारण लाइनमा बिजुली थपिए पनि लोडसेडिङमा सुधार ल्याउन भने अझै भारतको भर पर्नु पर्ने छ ।

११ महिनाअघि अघिल्लो सरकारका प्रधानमन्त्री केपी ओलीले एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने घोषणा गरेपछि उर्जा मन्त्रालयले यही असोज मसान्त सम्ममा कम्तीमा १ सय ५० मेगावट विजुली उत्पादन गर्ने लक्ष्य राखेको थियो ।

तर, भारतीय नाकाबन्दीका कारण इन्धन संकट लगायतका समस्या आइपरेकाले तोकिएको समयमै लक्ष्यअनुसार विजुली उत्पादन गर्न नसकिएको उर्जा मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेले बताए ।

‘भारतीय नाकाबन्दीको असरका कारण असोज मसान्तसम्ममा लक्ष्यअनुसार विजुली उत्पादन गर्न सकिएन’ प्रवक्ता घिमिरेले भने -‘तर आयोजनाकोहरुको हालसम्मको प्रगति हेर्दा पुस मसान्तमा भने निश्चय पनि लक्ष्यअनुसारको उत्पादन हुने अवस्था छ ।’

सरकारले लोडसेडिङ न्यूनिकरणलाई जोड दिँदै आयोजनाहरुको काम धमाधम अघि बढाइरहेको उनको भनाई छ । घिमिरेका अनुसार सरकारले उत्पादनको लक्ष्य राखेको १ सय ५० मेगावाटमध्ये ३० मेगावट विद्युत दुई महिना अघि नै राष्ट्रिय प्रसारणलाइनमा जडान भइसकेको छ ।

‘आयोजनाहरुमा भइरहेको हालसम्म्को कार्य प्रगति हेर्दा आगामी पुससम्ममा थप १ सय २० मेगावट विजुली उत्पादन हुन्छ,’ उनले भने ।

दशैंअघि नै ५० मेगावट

घिमिरेका अनुसार सिनो हाइड्रोपावर कम्पनी प्रवर्द्धक रहेको ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी दशैअघि नै राष्ट्रिय प्रसारणलाइनमा जोडिने छ ।

‘लमजुङ जिल्लामा पर्ने माथिल्लो मस्र्याङदीको आगामी हप्ता नै उदघाटन गर्ने कि भन्ने सोचमा छौं,’  उनले भने- ‘सर्वसाधारणले त्यहाँबाट उत्पादित विजुली दशैंअघि नै बाल्न पाउने छन् ।’

यी हुन् पुसअघि बिजुली निकाल्ने आयोजना

त्यसैगरी, कास्कीको माथिल्लो मादी आयोजनाबाट २५ मेगावाट, ताप्लेजुङको हेवाखोलाबाट १४.९ मेगावाटको, मुस्ताङको थापा खोलाबाट १४ मेगावाट, ताप्लेजुङको माथिल्लो माई सी बाट १० मेगावट र ललितपुरको तुमुङ थोस्मे खोलाबाट ६ मेगावट गरी ७० मेगावट विजुली पुस सम्ममा राष्ट्रिय प्रसारण लाइनमा जोडिइसक्ने घिमिरेले जानकारी दिए ।

आयात नभए लोडसेडिङ नघट्ने

पुससम्ममा राष्ट्रिय प्रसारणलाइनमा १ सय ५० मेगावाट विजुली जडान भएपनि त्यसले लोडसेडिङ कम गर्न भने खासै  भूमिका नखेल्ने नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक मुकेश काफ्ले बताउँछन् ।

काफ्लेका अनुसार कुल १ सय ५० मेगावट उत्पादन क्षमता भएपनि हिउँदमा ती आयोजनाहरुबाट एक चौथाई अर्थात् ३५ देखि ४० मेगावट मात्रै विजुली उत्पादन हुन्छ । यसअघि कुल ८५० मेगावट विद्युत जोडिएको भएपनि हिउँदमा २ सय ७० देखि ३ सय मेगावट विद्युत् मात्रै उत्पादन हुँदै आएको थियो ।

‘डेढ सय मेगावट जडित क्षमता थपिँदा पनि आगामी हिउँदमा कुल ३ सय मेगावाट बिजुली मात्रै उत्पादन हुन्छ,’ काफ्लेले भने- ‘जबकी आगामी हिउँदमा हाम्रो कुल विजुलीको माग १४ सय मेगावाट पुग्छ ।’

सरकारले यसअघि पनि हिउँद याममा २ सय ७० देखि ३ सय मेगावट विजुली भारतबाट आयात गर्दै आएको थियो । यो वर्ष त्यसमा पनि ३ सय मेगावट थपेर भारतबाट कुल ६ सय मेगावट बिजुली आयात गर्ने सरकारी लक्ष्य छ ।

‘माथिल्लो तामाकोशी जस्ता ठूला आयोजनाले विद्युत् उत्पादन नगरेसम्म भारतबाट बिजुली किनेर लोडसेडिङ न्यूनिकरण गर्नुको कुनै विकल्प छैन,’ काफ्लेले भने ।

तामाकोशीको निर्माण ८१ प्रतिशत मात्रै

माथिल्लो तामोकाशीको निर्माण कार्य अहिले ८१ प्रतिशतमात्रै सकिएको छ । भूकम्प र नाकाबन्दीका कारण ४५६ मेगावाट उत्पादन क्षमताको यो आयोजना नराम्रोसँग प्रभावित भएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए ।

०७२ बैशाखमा भूकम्प जानुअघि सो आयोजनाको निर्माण कार्य ७७ प्रतिशत सकिएको थियो । चालू आर्थिक वर्षमा तामाकोशीबाट विद्युत उत्पादन गरिसक्ने लक्ष्य भएको उनले सुनाए ।

भारतबाटै ल्याउन पनि समस्या

सरकारले भारतबाट थप ३ सय मेगावट विजुली किन्ने लक्ष्य राखेपछि सो अनुसारको तयारी भने गरेको छैन । भारतबाट बिजुली ल्याउनका लागि तीन वटा काम पुरा गर्नुपर्ने काफ्लेले बताए ।

हाल १३२ केभी क्षमताको ढल्केबर प्रसारणलाइन्लाई स्तरोन्नती गरी २२० केभीए क्षमताको बनाउने काम भइरहेको छ । पुससम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य भएपनि त्यसको प्रगति भने सन्तोषजनक नभएको विद्युत प्राधिकरणकै अधिकारीहरु बताउँछन् ।

ढल्केबर सबस्टेशन लाइन स्तरोन्नती गरेरमात्रै भारतबाट थप विजुली ल्याउन सकिँदैन,  त्यसका लागि २२० केभी क्षमताको खिम्ती-ढल्केबर प्रसारणलाइन,  हेटौंडा-ढल्केबर प्रसारणलाइन र हेटौंडा मातातिर्थ प्रसारणलाइनको स्तरोन्नति पनि गर्नुपर्ने हुन्छ । प्रसारणलाइन स्तरोन्तिको काम अघि बढेपनि पुसअघि नै निर्माण सम्पन्न हुन भने निकै कठिन भएको काफ्लेले जानकारी दिए ।

प्रकाशित मिति : ६ आश्विन २०७३, बिहिबार ००:००  ११ : १६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping