मोवाइलको क्यामेराका ६ काम, तपाइलाई थाहै नहुन सक्छ « Eglish Khabarhub

मोवाइलको क्यामेराका ६ काम, तपाइलाई थाहै नहुन सक्छ


९ आश्विन २०७३, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

mobilecamera

मोवाइलको क्यामेराले फोटो र भिडियो खिच्न मात्र प्रयोग गर्नुभएको छ भने तपाईले यसको भरपुर उपयोग गर्न सक्नु भएन ।स्मार्ट फोनमा हुने क्यामेरा अनेक काममा प्रयोगमा आउँछन् । क्यामेरा जोडिएका अनेक एप्स र फिचर्स चल्तिमा छन् ।

१. भाषाको अनुवाद

क्यामेरा मार्फत भाषा र संकेतको पनि अनुवाद गर्न सकिन्छ । भाषाको अनुवाद गुगल ट्रान्सलेटले गर्ने भएपछि आफ्नो स्मार्टफोनमा गुगल ट्रान्सलेट एप डाउनलोड हुनुपर्छ । यो एप खोलेपछि त्यसमा भएको क्यामेरालाई खोलेपछि कुनै पनि संकेत र आफुले नबुझ्ने भाषामाथी क्यामेरालाई फोकस गराएपनि यसले बुझ्ने भाषामा उल्था गरिदिन्छ  । सबै भाषाको यसले उल्था नगरेपनि धेरै भाषाहरूको पनि उल्था गरिदिन्छ ।नेपाली भाषा पनि गुगल ट्रान्सलेटले समेट्ने भाषा हो ।गुगल ट्रान्सलेटको जस्तै काम टेक्ट ग्राबर र वेगो जस्ता एप्सले पनि गर्छन् ।

२. डकुमेन्ट स्क्यानिङ

कुनै पनि डकुमेन्टलाई तपाईले आफ्नो मोवाइल फोन मार्फत् स्क्यानिङ पनि गर्न सकिन्छ । यसरी स्क्यान गरेको डकुमेन्टलाई चाहे अनुसार एडिट पनि गर्न सकिन्छ । क्याम स्क्यानर, टाइनी स्क्यानर जस्ता एप्समा यस्तो किसिमको सुविधा छ । यस्ता एप्स एण्ड्रोइड र आइओएसमा उपलब्ध छन्।

३. तारा र ग्रह हेर्न

आइएसओ र एण्ड्रोइडमा पाईने स्काई भ्यु एपलाई खोलेर आकास तर्फ फर्काउदा मोवाइलको स्क्रिनमा ताराहरू हेर्न सकिन्छ । यसरी विकी ट्यब र ब्लिपर पनि प्रयोग गर्न सकिन्छ।

४. बारकोड स्क्यानिङ

स्मार्टफोनको मद्धतले बारकोड र क्यूआर कोडको स्क्यानिङ गर्न पनि मिल्छ । कुनै पनि उत्पादनको जानकारीहरू बारकोड र क्यूराअर कोडमा राखिएको हुन्छ । यदी आफ्नो स्मार्ट फोनमा बारकोड स्क्यानर वा र क्यआरकोड स्क्यानर छ भने तपाईले सजिलै कोड स्क्यान गरी त्यसभित्रका जानकारीहरू पाउन सक्नुहुन्छ ।

५. सेक्युरिटी क्यामेरा

यसका लागि पुरानो स्मार्टफोनलाई पनि प्रयोगमा ल्याउन सक्नुहुन्छ । यदी नयाँलाई प्रयोग गर्न चाहनुहुन्छ भने पनि हुन्छ । सेक्युरिटी क्यामेराको रुपमा प्रयोग गने स्मार्टफोनमा सेकुरिटी क्यामेरा  एपलाई डाउनलोड गनुर्होस् ।उक्त फोनलाई वाइफाइ मार्फत् आफ्नो स्मार्टफोन वा घरको कुनै कम्प्युटरमा जोडेर रेकर्ड समेत राख्न सक्नुहुन्छ ।

६. भिज्यूअल सर्च

गुगलले फोटो खोज्ने सुविधाहरू पनि राखेको छ । यदी तपाईले आफ्नो स्मार्टफोनमा गुगल गोग्गल एप राख्नु भएको छ भने तपाईले कुनै पनि प्रडक्टको तस्विर खिचेर त्यो के हो भन्ने किसिमको जानकारी पाउन सक्नुहुन्छ । यो एपमा तपाईले आफैले खिचेको वा अरु कसैले खिचेको तस्विर राखेर पनि जानकारी पाउन सक्नहुन्छ ।

प्रकाशित मिति : ९ आश्विन २०७३, आइतबार ००:००  ८ : ४२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping