सबै सवारीको नम्बर प्लेट फेरिदै, चोरीका र कर नतिर्ने उम्किन नपाउने « Eglish Khabarhub

सबै सवारीको नम्बर प्लेट फेरिदै, चोरीका र कर नतिर्ने उम्किन नपाउने


२८ आश्विन २०७३, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

embossed_numberplate

काठमाडौं । मेसिनले रिड गर्ने सवारी नम्बर जारी गर्ने सरकारको तयारी अन्तिम चरणमा पुगेको छ ।  राजमार्गमा सवारी ट्राक गर्ने प्रविधि जडान गर्न यातायात व्यवस्था विभागले नेपाल दूरसञ्चार प्राधिकरणसँग रेडियो फ्रिकेन्सी डिभाइसको अनुमति पनि लिइसकेको छ ।

विभागले ‘इम्बोस्ड नम्बर प्लेट’ भनिने डिजिटल प्लेट निर्माणका लागि नयाँ बानेश्वरमा कारखाना स्थापना गर्दै छ । प्लेट छपाइको जिम्मा पाएको बंगलादेशको टाइगर आईटी कोअपरेसन लिमिटेडले धमाधम काम अगाडि बढाएको विभागका प्रवक्ता बसन्त अधिकारीले क्लिकमाण्डुलाई जानकारी दिए । ‘मंसिरभित्रै छाप्न सुरु गर्ने हाम्रो योजना हो’ अधिकारीले भने ।

करिब ४ अर्ब ३० करोड रुपैंयाको ठेक्का पाएको उक्त बंगलादेशी कम्पनीले देशभरका यातायात कार्यलयमा रेकर्डमा रहेका सवारीका नम्बर प्लेट छपाइ गर्नु पर्ने छ । कम्पनीले विभाग परिसरमै कार्यालय स्थापना गरेर काम सूरू गरेको छ ।

अहिलेसम्म देशभर २२ लाखको हाराहारीमा सवारी दर्ता भएको विभागको तथ्याङ्क छ । सबै नम्बरलाई डिजिटलाइज्ड गर्न ४ अर्ब ९१ करोड सात लाख रुपैया खर्च हुने विभागको अनुमान छ । ‘पाँच वर्षभित्र सबै सवारीले नयाँ नम्बर प्लेट पाउने छन्’ प्रवक्ता अधिकारीले भने ।

के हो इम्बोस्ड नम्बर प्लेट ?

धातुको प्लेटमा बाहिर उठ्ने गरी ‘पन्चिङ’ गरी प्लेटमा नम्बर राखिन्छ । यस्तो नम्बर चाँही अहिले प्रयोगमा आएको जस्तै बाहिरबाट हेर्नका लागि हो । तर यो केरमेट गर्न नमिल्ने र १० वर्ष भन्दा बढि टिक्ने हुन्छ । सजिलै उप्काउन नसकिने होलोग्राम पनि नम्बर प्लेटमै हुनेछ ।

विभागका इन्जिनियर गोगन बहादुर हमालका अनुसार प्लेटमा सात अंक भएको गोप्य नम्बरसहितको ‘चीप’ पनि प्लेटमा जडान गरिएको हुन्छ । यसमा बार कोड पनि हुन्छ । चीपमा सवारीको चेसिस, दर्ता, इन्जिन नम्बर देखि कहिले बनेको हो भन्ने पनि रेकर्ड रहेको हुन्छ । चीपमा सवारी धनिको विवरण, कर तिरे नतिरेको रेकर्ड पनि राखिन्छ ।

प्लेटमा सात अंक भएको गोप्य नम्बरसहितको ‘चीप’ पनि प्लेटमा जडान गरिएको हुन्छ । यसमा बार कोड पनि हुन्छ । चीपमा सवारीको चेसिस, दर्ता, इन्जिन नम्बर देखि कहिले बनेको हो भन्ने पनि रेकर्ड रहेको हुन्छ । चीपमा सवारी धनिको विवरण, कर तिरे नतिरेको रेकर्ड पनि राखिन्छ ।

ट्राकिङ कसरी हुन्छ?

राजमार्गका विभिन्न स्थानमा विभाग र ट्राफिक प्रहरीले ट्राकिङ स्टेसन राख्ने छन् । यि स्टेसन पार गर्ने सवारीको विवरण रेडियो फ्रिकेन्सी मार्फत संकलन र व्यबस्थापन हुने छ । विभागको डेटाबेसमा हुने विवरण र नम्बर प्लेटको विवरण मेसिनले नै तुलना गर्ने छ । यसैका लागि दुरसञ्चार प्राधिकरणले छुट्टै रेडियो फ्रिकेन्सी उपलब्ध गराउने छ ।

सवारीसाधन चोरी भएको, राजस्व तिरे वा नतिरेको पनि ट्राकिङ डिभाइसका आधारमा पत्ता लगाउन सकिनेछ । गाडी दुरुपयोग गर्ने, चोरीका गाडी चलाउने र नक्कली नम्बर प्लेट राख्ने प्रवृत्तिलाई यस्तो प्रविधिले सजिलै निगरानी राख्न सक्नेछ ।

embossed plate mechine

प्लेट फेर्ने खर्च कति?

डिजिटल नम्बर प्लेट लिनका लागि सवारी धनीले आफैं शुल्क तिर्नुपर्ने छ । सवारी साधन अनुसार मूल्य फरक पर्ने विभागले जनाएको छ । १५ सय देखि ३० हजारको बीचमा शुल्क पर्न सक्ने अनुमान गरिए पनि टुंगो भने लागेको छैन् । ठेक्का लिएको कम्पनीले दिएको अंकको आधारमा विभागले उक्त रकम सवारी धनीबाट असुल गर्ने जनाएको छ । डिजिटलमा गइसकेपछि सरकारी तथा संस्थान, निजी, कुटनीतिक नियोग गरी चार किसिमका मात्र नम्बर प्लेट प्रचलनमा ल्याइने भएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७३, शुक्रबार ००:००  ३ : ५० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping