‘सुपर वाइफाई’ को परीक्षण गर्दै महावीर पुन « Eglish Khabarhub

‘सुपर वाइफाई’ को परीक्षण गर्दै महावीर पुन


११ कार्तिक २०७३, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

mahabir_pun

काठमाडौं । दश किलोमिटर लामो दूरीसम्म लाई वायरलेस सम्पर्कमा जोड्न सकिने ह्वाइट स्पेस टेक्नोलोजी नेपालमा पहिलो पटक परीक्षण सुरू हुन लागेको छ । ‘सुपर वाइफाई’ पनि भनेर चिनिने यस्तो प्रविधि परीक्षणका लागि सूचना प्रविधि अभियन्ता महावीर पुनले सरकारबाट फ्रिकेन्सीको अनुमति लिइसकेका छन् ।

के हो ह्वाइट स्पेस टेक्नोलोजी?

‘सुपर वाइफाई’ भनेर चिनिए पनि प्राविधिक रूपमा ह्वाट स्पेस सामान्य वायरलेस प्रविधि भन्दा धेरै फरक छ । टेलिभिजन प्रसारणमा च्यानलहरूको फ्रिकेन्सी बीचमा रहेको, प्रयोग नभएको खाली फ्रिकेन्सी प्रयोग गरेर डेटा ट्रान्सफर गरिने भएकाले यसलाई र्ह्वाइट स्पेस टेक्नोलोजी भनिएको हो । टिभी च्यानलहरू एक अर्कामा नजुधुन भनेर प्रसारण अनुमति दिँदा फ्रिकेन्सी बीचमा अन्तर राख्ने चलन छ ।

अमेरिका र अफ्रिकाका ग्रामिण भेगमा उच्च गतिको इन्टरनेट पुर्याउन सन २०१३ यता सफल देखिएको यो प्रविधि नेपालमा भने अहिलेसम्म उपयोगमा आएको छैन् । टेक्नो जाइन्ट कम्पनी गुगल र माइक्रोसफ्टले पनि यो प्रविधीमा ठुलो लगानी गरेका छन् ।

परीक्षणका लागि सुरुमा गोरखाको उत्तर भेगका गाउँ छनौट गरिएको पुनले बताएका छन् । पहाड र बन जङ्गलको अवरोधले पनि कम प्रभावित हुने यो प्रविधि नेपालको हिमाल र पहाडमा निकै उपयोगी हुन सक्छ । विकसित मुलुकले पनि ताररहित नेटवर्किङको राम्रो विकल्पको रूपमा यसलाई लिन थालेका छन् । पुनले परीक्षणका लागि सहयोग गर्न इन्जिनियरहरूलाई पनि अनुरोध गरेका छन् ।

पहाड र बन जङ्गलको अवरोधले पनि कम प्रभावित हुने यो प्रविधि नेपालको हिमाल र पहाडमा निकै उपयोगी हुन सक्छ । विकसित मुलुकले पनि ताररहित नेटवर्किङको राम्रो विकल्पको रूपमा यसलाई लिन थालेका छन् ।

अरू दुइ अभियान

१० वटा गाउँलाई नमुनाको रूपमा ‘स्मार्ट भिलेज’ बनाउने अभियान पनि पुनले सार्वजनिक गरेका छन् । त्यस्तै पुराना ब्याट्रीहरुको क्षमता कसरी बढाउन सकिन्छ भनेर परीक्षण पनि अभियानकै रूपमा सुरू गरिएको बताएका छन् ।

टेम्पो तथा रिक्सा चलाउन, सौर्य बत्ती बाल्न, कार्यालयहरूमा ब्याकअप पावरका रुपमा प्रयोग भइरहेका ब्याट्रीको उचित सम्भार नभएर खत्तम भइरहेकालाई तिनीहरूको पुन प्रयोगका लागि क्षमता कसरी बढाउन सकिन्छ भन्ने अभियान सुरु गरेको पुनले बताए । जापानबाट भित्र्याएको यस्तो प्रविधिमार्फत व्यवसाय गर्न चाहनेलाई उनले आह्वान गरेका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७३, बिहिबार ००:००  ४ : ५२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping