नेपालमा पहिलो पटक ब्ल्याक फ्राइडे मनाइदै « Eglish Khabarhub

नेपालमा पहिलो पटक ब्ल्याक फ्राइडे मनाइदै


१० मंसिर २०७३, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

black-friday

काठमाडौं । केही हप्ता अघि विश्वविख्यात अनलाईन कम्पनी अलिबाबाले एकै दिनमा १७ अर्ब डलर हाराहारीको कारोबार गरेको खबरले आश्चर्य चकित हुनु भएको थियो भने, नभेम्बर २५ मा पनि तपाई सोहीखाले खबर सुनेर आश्चर्यमा पर्नुहुनेछ । प्रसङ्ग हो, ब्ल्याक फ्राइडे को !

अमेरिकामा  थ्याङ्गस गिभिङ डे (बालिनाली भित्राउने मौसमको रुपमा सुरु भएको एक अमेरिकी चाड) को भोलिपल्ट शुक्रबार मनाइने एक किनमेल महोसव हो ब्ल्याक फ्राइडे । यस दिन अमेरिकामा ठूलठूला खुद्रा व्यापारीहरुले आफ्नो पसलका समानहरुमा विभिन्न अफरहरु दिएर बिक्री गर्ने गर्छन ।

पछिला दिनहरुमा अमेरिकाको अलावा विश्वका अरु देशहरु जस्तो क्यानडा, बेलायत, मेक्सिको, पाकिस्तान,  भारत लगायत नेपालमा समेत सो महोत्सव मनाउन थालिएको छ । नेपालका केही अनलाईन व्यापारिक संस्थाहरुले समेत सो महोत्सवको उपलक्ष्यमा विभिन्न अफरहरु सार्वजनिक गरेका छन् ।

नेपालमा यसअघि यो दिनको बारेमा चर्चा भएपनि नेपालीहरुले यसको अनुभव गर्न पाएका थिएनन् । तर अनलाइन सपिंगको आगमनसँगै नेपालमा पनि ब्ल्याक फ्राइडेको चर्चा निकै अगाडि आएको छ ।

धेरै देशहरुमा यसलाई वर्षको सबैभन्दा राम्रो किनमेल गर्ने दिनको रुपमा लिइन थालिएको छ । गत वर्ष ब्ल्याक  फ्राइडे सहितको सप्ताहअन्तमा करिब ५० अर्ब डलर बराबरको कारोबार भएको थियो ।

यस दिनको नाम ब्ल्याक फ्राइडे’ सन् १९५१/५२ ताकादेखि हुन थालेको हो । यो  थ्याङ्गस गिभिङ डेको भोलिपल्ट कामदारहरुले विभिन्न बहानामा कार्यालय उपस्थित नहुने प्रवृतिप्रति लक्षित थियो ।

हाल यस दिन एक बृहत किनमेल महोत्सवको रुपमा परिणत भएको छ । यो वर्ष विश्वविख्यात कम्पनीहरुले आफ्ना ग्याजेटहरुमा जोडतोडले अफर राखिरहेका छन् ।

भारतमा पनि पछिल्ला दिनहरुमा यो दिन निकै प्रचलित हुन थालेको छ । फिल्पकार्ड, स्न्यापडिल, एमेजोन जस्ता अनलाइन सपिङ साइटहरुको उदयसँगै यो प्रचलनमा आउन थालेको हो । सन् २०१२ देखिको तथ्याङ्क हेर्ने हो भने प्रत्यक वर्ष भारतमा यस दिन कारोबार करिब ५० प्रतिशतले वृद्धि हुदैं गएको छ । नेपालमा पनि विस्तारै त्यसको हावा लाग्न थालेको छ ।

कामदारहरुले लामो लामो समय काम गर्नुपर्ने, दोकानहरुमा भिड व्यवस्थापन गर्न नसकेर सुरक्षाका समस्याहरु हुने र यसै दिनका लागि भनेर निर्माण गरिने कमसल सामानहरुका कारण भने यो दिन विवादस्पद पनि छ ।

नेपालमा यस्तो छ तयारी

नेपालमा पनि ब्ल्याक फ्राइडे अनलाइनमा यहि वर्षदेखि शुरु हुन लागेको छ जसमा विभिन्न सामाग्रीहरुमा अत्यधिक छुट दिएर बिक्री गर्ने गरिन्छ ।

नेपालमा यसअघि यो दिनको बारेमा चर्चा भएपनि नेपालीहरुले यसको अनुभव गर्न पाएका थिएनन् । तर अनलाइन सपिंगको आगमनसँगै नेपालमा पनि ब्ल्याक फ्राइडेको चर्चा निकै अगाडि आएको छ ।

विश्वभर इकमर्श साइटहरुले यो दिनलाई भव्यरुपमा मनाएर बिक्री प्रबद्र्धन गर्ने गर्दछन् । यो दिन वर्षकै सवाधिक सामाग्री बिक्री गरिने दिनको रुपमा कम्पनीहरुले लिएका हुन्छन् ।

नेपालमा भने एउटा ईकमर्श साइट केमूले आफ्नो अनलाइनबाट नियमित छुट दिने भन्दा अधिक छुट दिएर ब्ल्याक फ्राइडेलाई उत्सवको रुपमा मनाउने तरखर गरेको छ । कम्पनीले नेपालमा पहिलो पटक ब्ल्याक फ्राइडे आयोजना गर्न लागेको दाबी गरेको छ ।

कम्पनीले ब्ल्याक फ्राइडे आज शुक्रबारदेखि आगामी २८ नोभेम्बरसम्म आयोजना गर्न लागेको हो । हाल विशेषगरी इलेक्ट्रोनिक्स सामाग्रीहरु यस्तो विशेष छुटको अवसरमा अधिक बिक्री हुने गरेको देखिन्छ ।

प्रकाशित मिति : १० मंसिर २०७३, शुक्रबार ००:००  ११ : ०३ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping