काठमाडौं । अचेल सेल्फीको जमाना छ । स्मार्ट फोनको सेल्फीबारे तपाईँलाई भनिरहनु नपर्ला । तर, सेल्फीबाटै स्टार्ट हुने कारको बारेमा भने तपाईँले सुन्न भएको छैन होला ।
यो दुनियाँमा हालैमात्र यस्तो प्रविधिको विकास भएको छ, जसले तपाईँको कारको चाबी हरायो भने पनि सेल्फीबाट कार स्टार्ट गर्न मिल्छ । कारको साँचो हराउनुभयो भने पनि अब तपाईले चिन्ता गर्नु पर्दैन ।
ल्याड रोबर र जैगुआरले विकास गरेको नयाँ टेक्नोलोजिले अनुहारको पहिचान हुन्छ र कार आफैँ अनलग हुन्छ । अर्थात् एक सेल्सीबाट कार स्टार्ट ।
यसकालागि कारको भ्याल मुनि एउटा क्यामरा राखिएको हुन्छ र त्यस क्यामराले कारको नजिक आउने व्यक्तिको फोटो र भिडियो रकर्ड गर्छ । कारमा रहेको कम्पूटरले कारधनीको पहिचान गर्नेछ । र, ढोका आफैं खुल्ने छ । यो टेक्नोलोजिबाट त्यस्तो मानिसलाई फाइदा पुग्छ, जो बारम्बार चाबी भुलेर समस्यामा पर्दै आएका छन् ।
कार उत्पादक कम्पनीले यस्तो टेक्नोलोजिको प्रयोग गर्ने भन्दै पेटेंन्टका लागि आवेदन दिएपछि यो कुरा बाहिर आएको हो । पेन्टेट नोटमा लेखिएको छ,‘भेइकल अफ द युजर रजिस्ट्रशन फर हुइच विल रेकर्ड स्टिल इमेज एण्ड दियर जेस्चर एज हि गेट क्लोजर टु कार ।’
भिडियो फुटेज रिकोग्निजेशन टेक्नोलोजीको प्रयोग हुने भएकाले यसलाई कारधनीको फोटो वा भिडियो बाहेकहरु कुनै तरिकाबाट खोल्न सकिदैन । यसका लागि कम्पनीले एडभान्स ३ जी क्यामरा बनाएको छ । जसले कार धनी कारको नजिक भएको सुनिश्क्षित गरेपछि मात्र ढोका खुल्छ ।
SHARE YOUR THOUGHTS