रक्षामन्त्री खाँडले भने– सहकारी क्षेत्रलाई खुम्च्याउने खेल हुँदैछ « Eglish Khabarhub

रक्षामन्त्री खाँडले भने– सहकारी क्षेत्रलाई खुम्च्याउने खेल हुँदैछ


१९ मंसिर २०७३, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

balkrishna_khad

काठमाडौं । रक्षामन्त्री बालकृष्ण खाँडले सहकारी क्षेत्रको भूमिकालाई खुम्च्याउने खेल भइरहेको बताएका छन् । सहकारी ऐनको मस्यौदा माथि यो क्षेत्रलाई खुम्च्याउने उद्देश्यले संसदमा सबैभन्दा धेरै संशोधन प्रस्ताव दर्ता भएको उल्लेख गर्दै आफूले त्यसको प्रतिरोध गर्ने बताए ।

‘नेपालको बेरोजगारी समस्या समाधान र आर्थिक विकासमा सहकारी क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको बताएका छन्,’ नेपाली कांग्रेसको सहकारी विभाग प्रमुखसमेत रहेका खाँडले श्री लालीगुराँस बहुउदश्यीय सहकारीको १७औं साभारणसभालाई सम्बोधन गर्दै भने,– ‘केहि सहकारी संस्थाहरुले खराब गरे भन्दैमा सिंगो क्षेत्रलाई नै खुम्च्याउन मिल्दैन ।’

सरकारले सहकारीको हित विपरित काम नगर्ने धारणा राख्दै मुलुकमा सहकारीले पुर्याएको योगदान बिर्सन नहुने बताए । तर २०४८ सालमा आएको सहकारी ऐन पुरानो भएकाले त्यसलाई समय सापेक्ष बनाउन संसोधन भने आवश्यक गरेको उनको भनाई थियो ।

कार्यक्रममा पूर्वमन्त्री एवं सांसद राजेन्द्र पाण्डे, नेपाली कांग्रेसका सांसद ओमदेवी मल्ल, ललितपुरका सांसद मदन अमात्य, उदयशमशेर राणा, पशुपति चौलागाई, पूर्वमन्त्री छविराज वन्तले सहकारी अभियन जागाउने भूमिका आफूहरु लाग्ने बताएका थिए ।

संस्थाका कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले नेपालको समग्र सहकारी बजारमा कुल कारोबार, चुक्ता पुँजी, निक्षेप संकलन, कर्जा लगानी, मुनाफा आर्जन, सरकारलाई राजस्वमा गरेको योगदानका आधारमा आफ्नो संस्थाले अग्रणी स्थान लिन सफल भएको बताए ।

संस्थाले आर्थिक वर्ष ०७२\०७३ मा ४ करोड १२ लाख ८२ हजार राजस्व बुझाएको छ । संस्थाले आव २०७२र७३ मा ८ करोड ३३ लाख ३६ हजार मुनाफा आर्जन गरेको छ, भने चालु आवमा ४ अर्ब ६२ करोड २९ लाख ६३ हजार कारोबार गरेको छ । निक्षेप ३ अर्ब ९२ करोड ३४ लखा २२ हजार पुगेको संस्थाले जनाएको छ ।
त्यसैगरी, संस्थाको कर्जा लगानी चालु आर्थिक ३ अर्ब ४ करोड ३१ लाख ५४ हजार रुपैयाँ तथा सेयरपुँजी ३२ करोड ४ लाख ५३ हजार रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७३, आइतबार ००:००  १ : १० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping