दीपक मलहोत्रा भन्छन्– अपार्टमेन्टले डुबायो, अब पाँच तारे होटल खोल्छु « Eglish Khabarhub

दीपक मलहोत्रा भन्छन्– अपार्टमेन्टले डुबायो, अब पाँच तारे होटल खोल्छु


२२ मंसिर २०७३, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

 

deepak_malhotra

काठमाडौं । व्यवसायी दिपक मलहोत्रा अपार्टमेन्ट भन्ने शब्द सुन्नासाथ झस्किन्छन् । सुरुमा निकै उत्साहित भएर अपार्टमेन्ट व्यवसायमा लगानी गरेका मलहोत्रा अहिले अपार्टमेन्टको नामसमेत सुन्न चाहँदैनन् ।

मोवाइल बजारमा ५ बर्षदेखि एकछत्र राज जमाइरहेका उनले १ अर्ब ३० करोडको लगानीमा काठमाडौंको कालिकास्थानमा सिल्भर सिटी अपार्टमेन्ट निर्माण गरेका थिए । जहाँ मलहोत्राले १२ करोड रुपैयाँभन्दा बढी घाटा खानुप¥यो ।

नबुझिकन लगानी गरेकोले अपार्टमेन्ट व्यवसायबाट घाटा व्यहोर्नु परेको उनको ठम्याई छ । यतिसम्म कि अब जीबनभर अपार्टमेन्ट व्यवसायमा हात नहाल्ने कसम खान्छन्, उनी ।

‘अपार्टमेन्टले मलाई नराम्रोसँग घाटामा पारेको छ, सिल्भर सिटीमा नबुझि लगानी गर्दा १२ करोड रुपैयाँ घाटा खाएँ, अब त अर्पाटमेन्टमा लगानी गर्दिन भनेर मैले कान समातिसकेको छु । कसम खाइसकेको छु,’ मलहोत्राले क्लिकमाण्डूसँग भने ।

अहिलेको अवस्थामा ५ तारे होटल खोल्न ३ अर्ब रुपैयाँको हाराहारी लाग्छ, म त्यसको ५० प्रतिशतसम्म लगानी गर्ने सोचमा छु, अबको ६ महिनाभित्र कुनस्तरको, कहाँ, कति लगानीमा, कहिले सम्पन्न गर्नेगरी, के नाम गरेको होटल खोल्दैछु भनेर भन्न सक्छु ।

सिल्भर सिटी उनको लगनीमा निर्माण भएको पहिलो अर्पाटमेन्ट हो । जसका सबै फ्ल्याटहरु भूकम्प अर्थात् ०७२ बैशाखअघि नै बिक्री भइसकेका थिए । तैपनि उनले घाटा व्यहोर्नु पर्यो ।

०६७ सालमा राष्ट्र बैंकले हाउजिंङ, रियलस्टेट र अपार्टमेन्ट व्यवसायमा बैंकहरुको लगानीलाई कडाइ गरेपछि यो व्यवसाय थला परेको हो । अपार्टमेन्ट व्यवसायलाई भूकम्पले त झन तहसनहस नै बनाइदियो ।

‘मैले अपार्टमेन्ट व्यवसायमा हात हाल्नुअघि यसको बजार निकै राम्रो थियो तर बनाउन सुरु गरिसकेपछि बजार बिग्रिन थाल्यो, भूइँचालो आउनुअघि नै हामीले घाटा खाएर बेचिसकेको हुनाले धेरै ठूलो घाटा हुनबाट भने जोगियौं । भूइँचालो आउँदासम्म हाम्रो अर्पाटमेन्ट बिक्री नभइदिएको भए हामी भसक्कै डुब्ने थियौं,’ मलहोत्राले सुनाए ।

नजानेको क्षेत्रमा हात हालेका कारण आफूले अर्पाटमेन्ट व्यवसायमा घाटा व्यहोर्नु परेको उनको ठम्याई छ । उनले अब होटल व्यवसायमा लगानी गर्ने तयारी गरिहरेका छन् ।

‘देखासिकीमा व्यापार नहुँदो रहेछ भन्ने कुरा मैले भोगेर थाहा पाएँ,’ उनले भने । अपार्टमेन्टको व्यवसायबारे आफूलाई केहि पनि थाहा नभएकाले अर्काको भरमा काम गर्नुपर्ने बाध्यता उनको भोगाइ हो ।

‘अब म कहिलयै पनि अर्पाटमेन्टमा हात हाल्दिन । मेरा बुबाले होटल गर्नुहुनथ्यो । नेपालमा होटलको संभावना पनि ठूलो छ । त्यसैले अब होटलमै लगानी गर्छु, उनले भने ।

deepak_malhotra1

नेपालका लागि सामसुंङ मोवाइलको आधिकारिक बिक्रेता आइएमएसका अध्यक्ष हुन् उनी । आइएमएसले वर्षमा करिब १२ अर्ब रुपैयाँको कारोबार गर्छ । १० प्रतिशत मात्रै नाफा हुँदा पनि सामसुङ मोवाइल बेचेर वर्षमा अर्ब बढी कमाउँछन् उनी ।

‘मोवाइलमा खासै मार्जिन छैन, त्यही ८/१० प्रतिशत हो, हामी व्यवसाय गर्ने मान्छे कहिँ न कहिँ लगानी त गर्नै प¥यो । अब हामी होटलमा लगानी डाइभर्ट गर्छौं ।’

सिल्भर सिटी अर्पाटमेन्टको पछाडिको टावरलाई पनि होटलमा परिणत गरिसकेका छन् उनले । काठमाडौंमै पाँचतारे होटल खोल्ने तयारी गरिरहेको उनले सुनाए ।

‘कहाँ खोल्ने, कस्तो खोल्ने, कतिसम्म लगानी गर्ने भन्ने विषयमा मैले सोच बनाइसकेको छु, सकेसम्म हामी संयुक्त लगानीमा होटल चलाउँछौ । त्यसका लागि विभिन्न पार्टीहरुसँग डिल भइरहेको छ,’ भनी भन्छन् । इक्वीटी र व्यवस्थापन दुबै लिएर आउने लगानीकर्ता खोजिरहेको उनले सुनाए ।

‘म्यानेजमेन्टमा मात्रै आउन त धेरै तयार छन् तर हामी इक्वीटीसहितको म्यानेजमेन्ट भित्र्याउने तयारी गरिरहेका छौं, जे भएपनि म होटल खोलेरै छाड्छु,’ आफ्नो अठोट सुनाउदै उनले भने ।

होटलमा लगानीको संभाव्यता अध्ययन गर्न परामर्शदाता नियुक्त गरेको र परामर्शदाताले लगानी गर्न उपयुक्त हुन्छ भनेर प्रारम्भिक रिपोर्ट बुझाइसकेको उनले सुनाए । आगामी एक/दुई महिनाभित्र परामर्शदाताले विस्तृत रिपोर्ट बुझाउने र त्यसपछि आफू औपचारिकरुपमा अघि बढ्ने उनको भनाई छ ।

‘अहिलेको अवस्थामा ५ तारे होटल खोल्न ३ अर्ब रुपैयाँको हाराहारी लाग्छ, म त्यसको ५० प्रतिशतसम्म लगानी गर्ने सोचमा छु, अबको ६ महिनाभित्र कुनस्तरको, कहाँ, कति लगानीमा, कहिले सम्पन्न गर्नेगरी, के नाम गरेको होटल खोल्दैछु भन्ने कुरा तपाईँलाई प्रष्टसँग भन्न सक्छु,’ उनले भने ।

पछिल्ला वर्षहरुमा होटल खोल्ने घोषणामा व्यावसायिक घरानाहरुबीच चर्को प्रतिस्पर्धा छ । कतिपय घरानाले होटल निर्माण नै गरिसके भने कतिपयले निर्माण गरिरहेका छन् । तर, कतिपयले भने लगानी गर्ने घोषणा गरेको लामो समयसम्म पनि काम अघि बढाएका छैनन् ।

प्रकाशित मिति : २२ मंसिर २०७३, बुधबार ००:००  ५ : २४ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping