पोखरा । पर्यटकीय नगरी पोखरामा ‘इन्फिनिटी’ नामक अर्को रिसोर्ट थपिएको छ । होटल तथा रिसोर्टहरुको भीडभाड हरेको फेवा तालको किनारमा रिसोर्ट सञ्चालनमा आएको हो ।
रिसोर्टको निर्माण सम्पन्न गर्दा ३५ करोड रुपैयाँ खर्च भएको सञ्चालक विनोद तिम्सिनाले क्लिकमाण्डूलाई बताए ।
‘भारतको पिर्यटकीय छेत्र गोवामा २ वर्ष बार टेन्डर र ओमनमा ३ वर्ष रिसोर्ट म्यानेजर भएर काम गर्दाखेरी मेरो दिमागमा रिसोर्ट खोल्ने योजना आएको थियो, आज त्यो योजना साकार भएको छ,’ तिम्सिनाले भने, ‘पोखरा आउने स्तरीय स्वदेशी तथा विदेशी पर्यटकहरुलाई लछ्ति गरि रिसोर्ट खोलेको हुँ ।’
पोखरा–पामे सडकको हाइटमा रहेको रिसोर्टका ७५ प्रतिशत रुमबाट फेवाताल देखिन्छ ।
रिसोर्टले २० जनालाई रोजगारी दिएको छ । रिसोर्टमा २२ वटा डिलक्स र २ वटा स्वीट रुम छन् । डिलक्समा एकरात बस्न चाहनेले ७५ अमेरिकी डलर अर्थात् ७ हजार ५ सय नेपाली रुपैयाँ र स्वीट रुपममा १ सय ५० डलर अर्थात् १५ हजार नेपाली रुपैयाँ खर्च गर्नुपर्छ ।
सञ्चालक तिम्सिनाका अनुसार उक्त दरमा नेपाली पर्यटकहरुका लागि भने ३५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
फेवाताल, शान्तिस्तुपा र सारङकोटको दृश्यावलोकन रिसोर्टको विषेशता हो । पोखरा–पामे सडकको हाइटमा रहेको रिसोर्टका ७५ प्रतिशत रुमबाट फेवाताल देखिन्छ ।
दुई वर्ष अघिदेखि निर्माण सुरु भएको रिसोर्ट महिनादिन अघिदेखि सञ्चालन भइरहेको छ । मंगलबार पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपाल पार्टीका अध्यछ्य डा. बाबुराम भट्टराईले रिसोर्टको उदघाटन गरे ।
प्रतिक्रिया