फागुन तेस्रो साता काठमाडौंमा अन्तराष्ट्रिय लगानीकर्ता सम्मेलन, ३०० लगानीकर्ता सहभागी हुने « Eglish Khabarhub

फागुन तेस्रो साता काठमाडौंमा अन्तराष्ट्रिय लगानीकर्ता सम्मेलन, ३०० लगानीकर्ता सहभागी हुने



investor-confrance

काठमाडौं । विदेशी लगानीकर्ताहरुमाझ नेपालमा लगानीको वातावरण राम्रो छ भन्ने विश्वास दिलाउने उद्देश्यले काठमाडौंमा अन्तराष्ट्रिय लगानी सम्मेलन हुने भएको छ ।
आगामी फागुन १९ र २० गते राजधानीमा लगानी सम्मेलन आयोजना गरिने उद्योगमन्त्री नविन्द्रराज जोशीले जानकारी दिए ।

मुलुकका विभिन्न क्षेत्र गर्न सकिने लगानीका अवसर र सम्भावनाका विषयमा २ दिने लगानी सम्मेलन गर्ने निर्णय गरिएको सम्मेलन निर्देशक समितिका अध्यक्षसमेत रहेका मन्त्री जोशीले बताए । शुक्रबार उद्योग मन्त्रालयमा निर्देशक समितिको बैठक बसेको थियो । बैठकले सम्मेलनलको मिति तय गरेको हो ।

राजनीतिक प्रतिवद्धतासहित प्रशासनिक तथा कानुनी संरचनाका बारेमा लगानीकर्तालाई विश्वास दिलाउन सम्मेलन गर्न लागिएको हो । मुलुकमा दीर्घकालीन आर्थिक समृद्धि र त्यसका लागि अन्तर्राष्ट्रिय लगानी आवश्यक उनको भनाई थियो ।

‘लगानी सम्मेलनमा सबै राजनीतिक दलका नेताले अन्तर्राष्ट्रिय समुदायलाई लगानी सुरक्षामा प्रतिवद्धता जनाउनेछन्, त्यसले अन्तर्राष्ट्रिय समुदायमा विश्वासको वातावरण बन्छ,’ मन्त्री जोशीले भने ।

उनले सन् २०३० सम्म नेपालको आर्थिक अवस्था कस्तो हुन्छ भन्ने स्पष्ट चित्र प्रस्तुत गरिने जानकारी दिँदै सम्मेलन अघि नै वैदेशिक लगानीका लागि आवश्यक पर्ने कानुनी संरचना तयार गरिसक्ने प्रतिवद्धता व्यक्त गरे । मन्त्रालयको यो कार्यमा सहयोग गर्न सबै राजनीतिक दलहरुलाई उनको आग्रह छ ।

सम्मेलनमा ऊर्जा तथा पूर्वाधार, सूचना तथा सञ्चार प्रविधि, पर्यटन, वित्तिय क्षेत्र, खानी तथा खनीज र कृषि प्रशोधन तथा उद्योगका क्षेत्रमा छलफल गरिने जोशीले बताए ।

उनका अनुसार नेपालमा लगानी गर्दै आएका उन्तर्राष्ट्रिय कम्पनी तथा विश्वका स्थापित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई निम्ता गरिदैछ । सम्मेलनमा ३०० जना अन्तर्राष्ट्रिय लगानीकर्ताको सहमाभागी रहने सरकारले अपेक्षा गरेकोे छ ।

Publish on: