मंगलग्रहमा जब धरहराजस्तै वस्तु भेटियो (फोटोसहित) « Eglish Khabarhub

मंगलग्रहमा जब धरहराजस्तै वस्तु भेटियो (फोटोसहित)


२९ मंसिर २०७३, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

वासिङ्गटन ।  पृथ्वीको सबभन्दा निकट रहेको र ‘रक्त ग्रह (रेड प्लानेट)’ को नामबाट पनि परिचित मङ्गल ग्रहमा एक बिशाल र अनौठो बनावट देखिएको छ ।

इन्टरनेट सञ्जालको “मुन्डो डेस्कोनोसिडो” नाम शीर्षकको यु ट्युब प्रसारणमा हालै मात्र पोस्ट गरिएको मङ्गल ग्रहको पछिल्लो तस्बीरमा तीनवटा निकै अग्ला धरहरा (टावर) देखिएका छन् ।

झट्ट हेर्दा ती तीनवटै टावर बिशाल भौतिक संरचनाभन्दा कम छैनन् र एउटा टावरको उचाई चार हजार आठसय मिटर (४.८ किलोमिटर) भन्दा कम नरहेको अड्कल गरिएको छ ।

ती तीनवटै टावर ठ्याक्कै सीधा रेखा (स्ट्रेट लाइन) मा निर्माण गरिएको देखिनाले कुनै सिपालु कारिगरले धेरै वर्ष लगाएर बनेका भौतिक संरचना हुन् जस्तो प्रतीत भएको छ ।

एकजना अज्ञात ब्यक्तिले मङ्गल ग्रहको केही पछिल्ला तस्बीरहरु पोस्ट गरेका हुन् । “थ्रि डि” भिजन र बिभिन्न कोणबाट खिचिएका तस्वीरहरु पोस्ट गर्ने ती ब्यक्तिको परिचय भने खुल्न सकेको छैन ।

यस अघि, मङ्गल ग्रहको तस्बीर खिँच्दै प्रसारण गर्ने संस्थाहरुः मार्स ग्लोबल सर्भेयर र मार्स ओडिस्सी मिसनले सम्प्रेषण गर्ने गरेका तस्वीरभन्दा अहिले पोस्ट गरिएका तस्वीरहरु उच्च गुणस्तरका र बढी प्रष्ट छन् ।

पृथ्वी बाहेकको अन्य ग्रहमा पनि अन् आइडेन्टिफाइड फ्लाइङ्ग अब्जेक्ट (युएफओ) को अस्तित्व छ भनी विश्वास राख्ने अनुसन्धानकर्ताहरु माझ भने उक्त तस्वीरले निकै खुल्दुली मच्चाएको छ ।

अन्य ग्रह (बिशेषतः मङ्गल ग्रह) मा पनि मानव भन्दा पनि उच्च बौद्धिक क्षमतावान् अपरिचित प्राणीको अस्तित्व छ भनी विश्वास राख्ने अर्काथरी अभियन्ताहरु (अलाइन इन्थुजियाजिस्ट्स) ले पनि यस तस्वीरलाई देखेर आफ्नो विश्वासलाई झन् प्रमाण सहितको पुष्टि मिलेको दावी गरेका छन् ।

तस्बीर पोस्ट गर्ने सो अज्ञात ब्यक्तिले भने ‘टावरको संरचना तथा सीधा रेखामा निर्मित वनावट हेर्दा यो एक संयोग मात्र नभएर मङ्गल ग्रहमा साँच्चिकै अत्याधुनिक प्रबिधि छ भन्न कर लाग्ने’ भनी टिप्पणी समेत गरेका छन् ।

मङ्गल ग्रहमा उपलब्ध रहने हावा तथा पानीको बलले मात्र तीन तीनवटा त्यत्रा टावर बन्न असम्भव रहेको भनी अनुसन्धानकर्ता र अलाइन इन्थुजियाजिस्ट्सहरु भन्छन् ।

यता, अमेरिकी राष्ट्रिय अन्तरिक्ष अध्ययन संस्था-नासाका बैज्ञानिकहरु भने सो तस्वीर देखेर त्यत्ति प्रभावित छैनन् र उनीहरु यसलाई कुनै नौलो कुरो पत्ता लागेको मान्न तयार छैनन् पनि ।

टावरहरु तस्वीरमा अग्ला र ठूला देखिन गए तापनि नजिकै गएर प्रत्यक्ष हेर्ने हो भने तस्वीरमा देखिए जत्तिकै अग्ला र ठूला नहुने उनीहरुको भनाइ छ ।

टावर भन्ना साथ आँखाले नदेखेमा पनि हामी पृथ्वीवासीहरुले पहिला देखिरहेका अग्ला र ठूला टावरपट्टि झट्ट हाम्रो दिमाग र कल्पना कुदेर जान्छ । यस्तो परिकल्पनाको स्थिति आउनुलाई ‘प्यारेडोलिया’ भन्छन् ।

मङ्गल ग्रहमा देखिएको भनिएको टावर पनि एक किसिमको ‘प्यारेडोलिया’ नै हो-नासाका बैज्ञानिकहरुको टिप्पणी छ ।

प्रकाशित मिति : २९ मंसिर २०७३, बुधबार ००:००  ९ : १७ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping