मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

३० घन्टाभित्र उद्योग दर्ताको प्रमाणपत्र दिन कर्मचारीलाई उद्योगमन्त्रीको निर्देशन


काठमाडौं । उद्योगमन्त्री नविन्द्रराज जोशीले उद्योग विभागमा सेवा लिन आउने सेवाग्राहीलाई यथासम्भव चाडो सेवा पुर्याउन निर्देशन दिएका छन् ।

मन्त्री जोशीले नेपाली उद्योगको हकमा निवेदन दर्ता गरेको ३० घण्टाभित्र उद्योग दर्ताको प्रमाणपत्र दिई सक्ने गरी कारवाहीअघि बढाउन र विदेशी लगानीकर्ताको हकमा ७ दिनभित्र उद्योग दर्ताको प्रमाणपत्र दिई सक्ने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

हाल नयाँ उद्योग दर्ताको लागि विभागबाट १४ दिन सम्मको समय लाग्ने गरेको छ । मुलुकमा औद्योगिकरणका लागि लगानी कर्ताहरुलाई आकर्षित गर्न जरुरी रहेको भन्दै मन्त्री जोशीले उद्योग विभागबाट प्रदान गरिने सेवालाई छिटो छरितो पारदर्शी बनाउन निर्देशन दिए ।

उद्योग विभागबाट प्रदान गरिने सेवाहरुका लागि आवश्यक कागजपत्रहरुको विवरण विभागको वेभ साईटमा अध्यावधिक गर्न निर्देशन दिँदै मन्त्री जोशीले सेवाग्राहीहरुलाई सजिलो होस् भन्ने हेतुले सेवाग्राहीहरुको गुनासो सुन्न आफैं वा राज्यमन्त्री विभागमा उपस्थित हुने व्यवस्था समेत गर्न लागेको बताए ।

उद्योगहरुबाट हुने प्रदुषणलाई कम गर्न सबै उद्योगहरुलाई प्रद्षण कम गर्ने उपाय अवलम्वन गर्न पत्राचार गर्न मन्त्री जोशीले कर्मचारीहरुलाई निर्देशनसमेत दिए ।