निजी अस्पतालमा आजदेखि १० प्रतिशतलाई निःशुल्क उपचार « Eglish Khabarhub

निजी अस्पतालमा आजदेखि १० प्रतिशतलाई निःशुल्क उपचार


१ पुस २०७३, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । स्वास्थ्य मन्त्रालयले आजदेखि सबै स्वास्थ्य संस्थाहरुलाई १० प्रतिशत शैयामा निःशुल्क उपचार सेवा प्रदान गर्न आह्वान गरेको छ ।

सार्वजनिक महत्वको सूचना प्रकाशित गरी मन्त्रालयले सरकारी, निजी, गैरसरकारी, सहकारी तथा सामुदायिक अस्पतालहरु, शिक्षण अस्पतालहरू र नर्सिङ होमहरूले कुल शैया संख्याको १० प्रतिशत शैयामा विपन्न, असहाय, बेवारिसे. जेष्ठ नागरिक, अपाङ्ता भएका र एकल महिलालाई निःशुल्क उपाचार सेवा प्रदान गर्न आह्वान गरेको हो ।

निःशुल्क उपचार सेवा पाउनका लागि सम्बन्धित गाविस वा नगरपालिका वा जिविस वा जिल्ला प्रशासन कार्यालय वा जिल्ला जनस्वास्थ्य कार्यालय वा वीर अस्पताल वा स्वास्थ्य मन्त्रालयमध्ये कुनै एक निकायको सिफारिस अनिवार्य गरिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्री गगनकुमार थापाले निजी अस्पतालहरुले आजदेखि विपन्न, असहाय, बेवारिसे. जेष्ठ नागरिक, अपाङता भएका र एकल महिला बिरामीहरुलाई स्वयं घोषणा फारम भर्न लगाई निशुल्क शैयाको उपचार सेवा प्रदान गर्नुपर्ने व्यवस्था कडाईका साथ लागु गर्ने अठोट बताए । यस्तो व्यवस्थाको दुरुपयोग हुन नदिन निःशुलक सेवा लिएका विरामीहरुको विवरण अस्पताल परिसरमा टाँस्नुपर्ने मन्त्री थापाले जानकारी दिए ।

निजी अस्पतालहरुको संगठन अफिनले पनि अस्पतालमा उपलब्ध चिकित्सकीय परामर्श सेवा, डाईग्नोष्टिक सेवा, प्रयोगशाला, अक्सिजन, नर्सिङ् सेवा, सबै प्रकारका शैया लगायतका सेवा निःशुल्क उपलव्ध गराउन मन्त्रालयसँग सहमती गरेको छ ।

निशुल्क उपचार प्राप्त गरेकाहरुको विस्तृत विवरण सबै अस्पतालहरुले जिल्ला जनस्वास्थ्य कार्यालय, क्षेत्रीय स्वास्थ्य निर्देशनालय, स्वास्थ्य सेवा विभाग वा स्वास्थ्य मन्त्रालय चिकित्सा सेवा महाशाखामा मासिक रुपमा पठाउनुपर्ने व्यवस्था पनि गरिएको छ ।

उल्लेखित प्रावधानहरुको कार्यान्वयनका सम्बन्धमा स्वास्थ्य मन्त्रालय तथा मातहतका निकाय, स्थानीय निकाय, जिल्ला प्रशासन कार्यालय तथा अन्य सरकारी संयन्त्र परिचालन गरी कडाईका साथ अनुगमन तथा नियमन गरिने मन्त्रालयले जनाएको छ ।

निःशुलक सेवा दिने व्यवस्था कार्यन्वयन नभएको पाईएमा जिल्ला जनस्वास्थ्य कार्यालय वा क्षेत्रीय स्वास्थ्य निर्देशनालय वा स्वास्थ्य सेवा विभाग वा स्वास्थ्य मन्त्रालयमा जानकारी गराउन मन्त्रालयले सवैलाई आग्रह गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्ने तथा स्वास्थ्य सेवालाई पहुँचयोग्य बनाउने अभियानमा साथ दिन पनि स्वास्थ्य मन्त्रालय सवैमा आव्हान गरेको छ ।

प्रकाशित मिति : १ पुस २०७३, शुक्रबार ००:००  ९ : २३ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping