सुनका गहना धितो राखेर गाउँमा सडक « Eglish Khabarhub

सुनका गहना धितो राखेर गाउँमा सडक


२ पुस २०७३, शनिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

म्याग्दी । म्याग्दीको भकिम्ली-५ राखुका महिलाले गाउँमा सडक पु¥याउनका लागि सुनका गहना धितो राखेर उपभोक्ता समितिलाई पैसा जुटाइदिएका छन् ।

भकिम्ली राखु आमा समूहकी अध्यक्षसमेत रहेकी मनकुमारी पुनसँगै स्थानीय भीमकुमारी घर्ती, शोभा रोका, लीला पुन, हरिमाया आलेलगायत १३ जना महिलाले आफूले लगाएको सुन सदरमुकाम बेनीस्थित गरिमा विकास बैकमा धितो राखेर सडक विस्तारमा सघाएका हुन ।

गाविसमा सडक पुगेको लामो समय बितिसक्दा पनि गाउँसम्म सडक विस्तारमा जिल्लाका जनप्रतिनिधि र जिविसले कुनै सहयोग नगरेपछि बाध्य भएर चन्दा सङ्कलन र सुन धितो राखेरसमेत गाउँसम्म सडक विस्तार गरिएको आमा समूहकी अध्यक्ष पुनले बताए ।

‘गाउँमै सडक नपुगेपछि शरीरमा सुन लगाएर केही हँदैन् । सडक पुगेपछि गाउँमै फलेको सुनलाई बजारमा लैजान सक्छौ’ उहाँले भन्नुभयो । वार्षिक करिब रु २५ लाखसम्मको सुन्तला निर्यात हुने राखुमा सडकको अभावले ढुवानीमा निकै समस्या भइरहेको थियो ।

सडक निर्माणपछि अहिले सुन्तला ढुवानीमा सजिलो हुनुका साथै गाउँमै व्यापारी पुगेर सुन्तला खरिद गरेका छन् ।‘यो सडकमा महिलाको परिश्रम जोडिएको छ ।

हामीले लगाएको सुनभन्दा घरमै पुगेको सडकको महत्व धेरै छ’ स्थानीय चन्द्रोदय प्राविकी प्रधानध्यापक शान्ताकुमारी रानाले भने ।

आर्थिक अभावले सडक निर्माणकार्य अवरुद्ध भएपछि गाउँका अगुवा महिलाले आफ्नो शरीर र घरमा रहेको सुनलाई सडक उपभोक्ता समितिलाई जिम्मा लगाएपछि सडक विस्तारमा सहज भएको भकिम्ली– राखु– नयाँ पुल सडक निर्माण उपभोक्ता समितिका सचिव डेकबहादुर घर्तीमगरले बताए ।

गाविसले– पाँच लाख रुपैयाँ दिएको छ । गाउँकै जयन्ती मावी हुँदै विस्तार गरिएको सडकका लागि महिलाले करिब १२ लाख बराबरको सुन धितो राखिएको छ । नौ किलोमिटर सडक निर्माणमा करिब ५० लाखको हाराहारीमा खर्च भएको छ ।

प्रकाशित मिति : २ पुस २०७३, शनिबार ००:००  ५ : १५ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping