पिचमै घाँस उम्रने गुणस्तरको सडक बनाउने ठेकेदारलाई कडा चेतावनी (पत्रसहित) « Eglish Khabarhub

पिचमै घाँस उम्रने गुणस्तरको सडक बनाउने ठेकेदारलाई कडा चेतावनी (पत्रसहित)


६ पुस २०७३, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । गुणस्तरहीन काम गर्ने ठेकेदारलाई इटहरी उपमहानगरपालिकाले कडा चेतावनी दिएको छ ।

सो उपमहानगरपालिकाको वडा नं ५, ६ र ७ मा पर्ने काब्यबाटिकादेखि सरस्वती स्कूल, गैसारसम्मको सडक गुणस्तरहीन भएर पिच गरेको ठाउमा नै घाँस उम्रिएको तस्बीर सहित क्लिकमाण्डूले समाचार प्रकाशित गरेपछि उपमहानगरले यस्तो कदम चालेको हो ।

स्थलगत अनुगमन गर्दा पनि सो सडकखण्ड गुणस्तरहीन भएको र घाँस उम्रिएको देखिएपछि पुरानो पिच भत्काएर पुन बनाउन निर्देशन दिइएको उपमहानगरपालिकाका कार्यकारी प्रमुख टिकादत्त राईले जानकारी दिए ।

‘सो सडकखण्ड गुणस्तरहीन भएको समाचार प्रकाशित भएपछि हामीले स्थलगत अध्ययन पनि गर्यौं, स्थानीयबाट पनि गुनासो आइरहेको थियो, फिल्डमा गएर हेर्दा सडक गुणस्तरहीन भएकै कारण घाँस उम्रिएको पाइयो, यसैकारण पुरानो पिच भत्काएर तत्काल नयाँ बनाउन ठेकेदारलाई निर्देशन दिएका छौं,’ कार्यकारी प्रमुख राईले क्लिकमाण्डूसँग भने ।

तीन दिन भित्रमा पुरानो पिच भत्काएर नयाँ बनाउन सुरु गरिहाल्न निर्देशन दिइएको उनले बताए । उपमहानगरले गत सोमबार ठेकेदारलाई पत्र काट्दै यस्तो निर्देशन दिएको छ ।

क्लिकमाण्डूले गत पुस ३ गते सो सम्बन्धि समाचार प्रकाशित गरेको थियो । उपमहानगरले पुस ४ गते नै ठेकेदारलाई पत्र लेखेको छ ।

सो सडक निर्माण गर्न ९ करोड रुपैयाँ खर्च भएको थियो । विश्व बैंकको अनुदान सहयोगमा ‘उदाउदो सहर कार्यक्रम’ अन्तरगतको सो सडकखण्ड बनेको हो । यो सडकको माझमा पिच गरेको महिना नपुग्दै भैँसी अघाउने घाँस उम्रिएको छ ।

ठेकेदारले उपमहानगरपालिकालाई सडक हस्तान्तरण नै गरेको छैन । गाडी नै नगुडेकाले पिचमा घाँस उम्रिएको ठेकेदारले दाबी गर्दै आएका थिए ।

विश्व बैंकले ६० प्रतिशत अनुदान र ३० प्रतिशत ऋण सहयोग दिएर सो सडक कालोपत्रे गरिएको थियो ।

सो सडकखण्ड ०७० सालदेखि निर्माण सुरु भएको हो । ठेकेदार बिरुवा/ पुस्पान्जली जेभिले सडक निर्माण गरेका हुन् ।

उपमहानगरपालिकाले दिएको जानकारी अनुसार सो लिंक रोड जम्मा ९ मिटर चौडाईको छ । त्यसमा ५ मिटर पिच, दुबै छेउमा २/२ मिटर एजिङ (फुटपाथ) र दुबै छेउमा १/१ मिटर नाली राख्ने सम्झौता ठेकदारले उपमहानगरपालिकासँग गरेको छ ।

निर्माण कम्पनी गितान्जलीका अयुब अन्सारी भने सो सडकमा गाडी नै नगुडेकोले झार पलाएको दाबी गरेका थिए । अहिलेसम्म मान्छे नै नहिडेको र गाडी पनि नगुडेकोले झार पलाएको उनले भनाई थियो ।

प्रकाशित मिति : ६ पुस २०७३, बुधबार ००:००  २ : ३५ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping