मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सानिमा सम्पन्न बचत योजनामा ५ प्रतिशत ब्याज


काठमाडौं । सानिमा बैंकले हाल बजारमा भएको ब्याजदर बृद्घिका साथै बचतकर्ताको हितलाई ध्यानमा राखि आजैबाट लागू हुनेगरि ५ प्रतिशत ब्याजदरको “सानिमा सम्पन्न बचत खाता” नामको निक्षेप योजना  ल्याएको छ ।

अन्य बाणिज्य बैंकहरुले बचत खातामा प्रदान गर्ने ब्याजदर मध्ये उक्त बचत योजनाको ब्याजदर सबै भन्दा उच्च रहेको बैंकको दाबी छ ।

न्युनतम रु १ लाखमा खाता खोल्न सकिने उक्त बचत खातामा मासिक रुपमा ब्याज प्रदान गरिने छ । निःशुल्क फण्ड ट्रान्सफर (सानिमा बैंक भित्र), ब्यालेन्स सर्टिफिकेट, गुड फर पेमेन्ट चेक, एस.एम.एस. बैंकिङ्ग तथा मोबाइल मनि सुबिधा रहेको बचत खाताका ग्राहकहरुलाई सेफ डिपोजिट लकर तथा भिसा डेबिट कार्ड (डोमेस्टिक) जारीमा समेत ५० प्रतिशत छुट हुने बैंकले जनाएकाे छ ।

सानिमा बैंकको ४१ वटा शाखा तथा ४९ वटा ए.टि.एम. संजाल रहेको छ ।