न्यूरोड मोबाइल महोत्सव २०७३ शुरु, हरेक खरिद कर्तालाई उपहार « Eglish Khabarhub

न्यूरोड मोबाइल महोत्सव २०७३ शुरु, हरेक खरिद कर्तालाई उपहार


१३ पुस २०७३, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपालको आर्थिक केन्द्र तथा मोबाइल हबको रुपमा चिनिने पाको, न्यूरोड क्षेत्रमा आजदेखि भव्यरुपमा न्यूरोड मोबाइल महोत्सव २०७३ शुरु भएको छ ।

नेपाल मोबाइल व्यवसायी संघले यहि पुष १३ गतेदेखि पुष १९ गतेसम्म ( डिसेम्बर २८ तारिखदेखि जनवरी ३ तारिख) आयोजना गरिरहेको मोबाइल महोत्सवको औपचारिकरुपमा माननीय सूचना तथा संचार मन्त्री सुरेन्द्र कुमार कार्कीले गरे।

सूचना तथा संचार मन्त्री कार्कीले न्यूरोड व्यवसायीक केन्द्रको रुपमा विकास भएको भन्दै हरेक युवालाई सूचना प्रविधिको क्षेत्रमा लाग्ने वातावरण तयार पार्नुपर्ने बताए । उनले भने, “सरकारले नेपाल दूरसंचार प्राधिकराण तथा नेपाल टेलिकममार्फत स्टार्टअप फण्ड बनाएर युवाहरुलाई सूचना प्रविधिको क्षेत्रमा आकर्षित गराउने प्रयास गरिरहेको छ ।”

त्यसैगरी न्यूरोडमा रहेको गोरखापत्र संस्थानलाई भैसेपाटिमा सूचना ग्राम बनाएर सार्ने र त्यस स्थानलाई पार्कको रुपमा विकास गर्ने आफ्नो योजना रहेको सूचना तथा संचार मन्त्री कार्कीले बताए ।

कार्यक्रममा न्यूरोड मोबाइल महोत्सवका संयोजक पुरुषोत्तम बस्नेतले यो महोत्सवले मोबाइल व्यवसायको प्रबद्र्धन गर्ने र ग्राहकहरुलाई सूपथ मूल्यमा उपहारसहित मोबाइल किन्ने वातावरण तयार पार्ने बताए । हामीले ग्राहकहरुका लागि विभिन्न स्कीमहरु ल्याएका छौं भने महोत्सवमा न्यूरोड आउने प्रत्येक व्यक्तिले उपहारहरु प्राप्त गर्न सक्नेछन् बस्नेतले भने  ।
नेपालको सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको प्रायोजनमा आयोजना भईरहेको न्यूरोड मोबाइल महोत्सव २०७३ मोबाइलको क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा ठूलो इभेन्टको रुपमा आयोजना गरिएको छ । महोत्सवअवधिभर स्मार्टफोन खरिदकर्तालाई एनसेलको सिम तथा १०० एमबीको डाटा अफरमा दिनेछ ।

संघले अंग्रेजी नयाँ वर्ष २०१७ को अवसर पारेर नेपालको सबैभन्दा ठूलो र पुरानो मोबाइल केन्द्र–पाको, न्यूरोड, ताम्राकार कम्प्लेस, पिपुल्स प्लाजा–लगायतका क्षेत्रहरुमा नेपालकै सबैभन्दा ठूलो मोबाइल महोत्सव आयोजना गरिएको हो । महोत्सवको अवसर पारेर अन्तर्राष्ट्रिय मोबाइल ब्राण्ड जोप्पो र लिएगो मोबाइल ब्राण्डहरुले औपचारिकरुपमा बिक्री शुरु गरेका छन् ।

महोत्सव अवधिभर हरेक अवलोकनकर्ताहरुले हात खाली नजाने गरि खेलमार्फत विभिन्न उपहार प्राप्त गर्न सक्नेछन भने माइक्रोसफ्टको एउटा स्मार्टफोन किन्दा अर्को स्मार्टफोन अफर पनि राखिएको छ । त्यसैगरी ग्राहकहरुले मोबाइल खरिदमा विभिन्न ब्राण्डका स्मार्टफोनहरु दैनिकरुपमा लक्की ड्रमार्फत प्राप्त गर्नेछन् भने अन्य विभिन्न उपहारहरु पनि दैनिकरुपमा बितरण गरिनेछ ।

 

प्रकाशित मिति : १३ पुस २०७३, बुधबार ००:००  ५ : ०४ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping