रेडक्रसका कार्यक्रमबाट यस बर्षमात्रै ६० लाख लाभान्वित « Eglish Khabarhub

रेडक्रसका कार्यक्रमबाट यस बर्षमात्रै ६० लाख लाभान्वित


१३ पुस २०७३, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले यस बर्ष ६० लाख रुपैयाँ भन्दा बढी रकम समुदायसम्म सिधै पुगेको दावी गरेको छ ।

सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जिव थापाले भूकम्प अतिप्रभावित १४ जिल्लाहरु बाहेकका ३९ जिल्लामा सञ्चालित विभिन्न १३ प्रकारका जोखिम न्यूनिकरण कार्यक्रमबाट ६० लाख ४९ हजार १ सय ३२ समुदाय लाभान्वित भएको जानकारी दिए ।

चितवनको सौराहमा विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रमहरुको समिक्षा गर्न दुई दिनसम्म चलेको कार्यक्रमको समापन गर्दै केन्द्रीय अध्यक्ष थापाले भूकम्पपछिको तत्कालिन राहत स्वरुप करिब डेढ अर्ब रकम पिडितको हातैमा पुर्याउन सफलभएको समेत दावी गरे ।

नेपाल रेडक्रसले भूकम्पलगत्तै सरकारसँगको समन्वयमा अस्थायी आवासका लागि प्रतिपरिवार १५ हजार रुपैयाँ र जाडोमा न्यानो कपडाका लागि जनही १० हजार रुपैयाँ वितरण गरेको थियो ।

समीक्षा कार्यक्रममा सहभागी हुन चितवन पुगेका गृह मन्त्रालय अन्तर्गतको आपतकालिन कार्यसञ्चालन केन्द्रका प्रमुख कृष्णबहादुर राउतले दैबीप्रकोप उद्दार ऐन २०३९ अन्तर्गतको केन्द्र र जिल्ला दैवीप्रकोप उद्दार समितिमा नेपाल रेडक्रसलाई स्थायी सदस्यका रुपमा रहने व्यवस्था भएपनि रेडक्रसको भूमिका आगामी दिनमा थप सशक्त बनाउन मस्यौदा तयार हुँदै गरेको नयाँ ऐनमार्फत् नै व्यवस्था गरिने जानकारी दिए ।

कार्यक्रममा समाज कल्याण परिषद्का उपाध्यक्ष निलमणी बरालले परिषद् स्थापना हुने वित्तिकै पहिलो आबद्धता लिने संस्था नेपाल रेडक्रस सोसाइटीले पुर्याएको योगदान अन्य सामाजिक संस्थाका लागि सिकाइ हुने धारणा राखे । उपाध्यक्ष बरालले मुलुकमा हाल दर्ता भएका ४४ हजार ६ सय गैरसरकारी संस्थाहरुले यसैगरी कार्य गर्ने हो भने मुलुकले लक्षित गरेको विकास टाढा नरहेको बताए ।

सोसाइटी कामहामन्त्री देवरत्न धाख्वाले मुलुकको बर्तमान संघीय ढाँचाअनुरुप रेडक्रसको सांगठानिक संरचनामा परिवर्तन गर्न लागिएको जानकारी दिए ।

समिक्षा कार्यक्रममा गृह मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, जल तथा मौसम विज्ञान विभागका प्रतिनिधिहरुले रेडक्रसको समन्वयकारी भूमिकाको प्रशंसा गरेका थिए । उनीहरुले विपद्पछि रेडक्रसले खेलेको भूमिकाको सह्राहना गर्दै अब रेडक्रस विपद् न्यूनिकरणमा थप विस्तारित भएर लाग्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा ३९ जिल्लाका रेडक्रस सभापति, दातृ निकायका प्रतिनिधि, स्वयंसेवक, कर्मचारी सहित डेढ सयको सहभागिता रहेको छ ।

प्रकाशित मिति : १३ पुस २०७३, बुधबार ००:००  ६ : ३८ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping