इपानको अध्यक्षमा शैलेन्द्र गुरागाईँ निर्वाचित, भन्छन्- राज्यलाई खुलेर सहयोग गर्छौं « Eglish Khabarhub

इपानको अध्यक्षमा शैलेन्द्र गुरागाईँ निर्वाचित, भन्छन्- राज्यलाई खुलेर सहयोग गर्छौं


१४ पुस २०७३, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । संगठन स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इपान) मा आगामी ३ वर्षे कार्यकालका लागि निर्विरोध नयाँ कार्यसमिति चयन भएको छ ।

राजधानीमा बुधबार राति अबेला सम्पन्न भएको  इपानको १५औं साधारणसभाले शैलेन्द्र गुरागार्इँको अध्यक्षमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । गुरागाईँ यसअघिको कार्यसमितिमा उपाध्यक्ष थिए ।

नयाँ कार्यसमिति सदस्यहरुको लागि ५ पदमा दाबी गर्दै १२ जनाले आवेदन उम्मेदवारी थिए । त्यसैगरी, अध्यक्षमा खानीखोला हाइडोका बिजयमान शेयरचन र ङ्यादी हाइडोका शैलेन्द्र गुरागाईको उम्मेद्वारी परेको थियो । शेरचनले आफ्नो उम्मेद्वारी फिर्ता गरेपछि गुरागाई सर्वसम्मत अध्यक्ष निर्वाचित भएका हुन् ।

त्यसैगरी, उपाध्यक्षमा कुमार पाण्डे, महासचिवमा टुक पौडेल, कोषध्यक्षमा आनन्द चौधरी निर्वाचित भएका छन् । कार्यसमिति सदस्यहरुमा युनाइटेड मोदी हाइडोपावरका सुधिरप्रसाद तिमल्सीना, सोलू हाइडोका आसिस गर्ग, भोटेकोशीका नरेन्द्र प्रजापति, बुटवल पावर कम्पनीका प्रतिक प्रधान र साहस उर्जाका हिम पाठक निर्वाचित भएका छन् ।

पहिलो कार्यसमितिको बैठकले एसोसिएट तर्फबाट कुइन कान एलनवार्ड कम्पनीका गणेश कार्कीलाई नियुक्ति गरेको छ । त्यसैगरी, स्थायी आमन्त्रित सदस्यहरुमा भरतकुमार खड्का, नरेन्द्र बल्लव पन्त र रामकाजी पौडेललाई नियुत्ति गरेको छ ।

पहिलो कार्यमितिले विद्युत खरिद तथा विद्युत व्यापार सम्बन्धि काम गर्ने समितिमा अपार न्यौपानेको संयोजकत्वमा कुबेरमणि नेपाललाई नियुक्ति गरिएको छ ।

सल्लाहकार समितिको संयोजकत्वमा सुवर्णदास श्रेष्ठ र सदस्यमा विश्व कँडेललाई मनोनित गरिएको छ । थप सल्लाहकार समिति अर्को कार्यसमितिको बैठकले मनोनयन गर्नसक्ने व्ववस्था गरेको छ ।

इपानमा १ सय ६३ सदस्य छन् । जसमध्ये ३९ सदस्यहरु एसोसिएट सदस्य हुन् ।

राज्यलाई सहयोग गर्छौ : गुरागाईँ

नवनिर्वाचित अध्यक्ष गुरागाईँले उर्जा क्षेत्रको विकासका लागि राज्यलाई सक्दो सहयोग गर्ने बताए ।

‘राज्यले धेरै प्रतिवद्धता जनाए पनि त्यसको कार्यान्वयन पक्ष निकै फितलो भइरहेको अवस्थामा बहालवाला सरकारबाट चलाइएको कदम ज्यादै सकरात्मक र परिवर्तन ल्याउने आशाको किरण देख्न सकिन्छ,’ गुरागाईँले क्लिकमाण्डूसँग भने ।

सरकार राज्यस्तरमा हुने ढिलासुस्ती र काम नगर्ने प्रवृत्तिविरुद्ध लागिरहेको हुनाले आशाका किरणहरु देखिएको उनले बताए ।

‘सरकारको प्रतिवद्धता र तत्परतालाई होस्टेमा हैँसे गर्नका लागि इपानले सँधै सहयोग गर्ने छ,’ उनले भने ।

के के छन् माग ?

अध्यक्ष गुरागाईँका अनुसार हालको टेक एण्ड पे व्यवस्था हटाई टेक अर पे को व्यवस्था गर्नुपर्छ । देशभित्र उत्पादन भएको विजुली राज्यले किन्ने प्रत्याभूति नगरेसम्म यो क्षेत्र विकास नहुने उनले जिकिर गरे ।

‘प्रक्रियागत झन्झटहरुलाई सरलीकृत र छोटो बनाउन सिंगल डेस्कको व्यवस्था गर्नुपर्छ,’ उनले भने ।

त्यसैगरी, हाल बजारमूल्यको आधारमा स्वदेशमै उत्पादन गरेर स्वेशमै बिक्री हुनेगरी मूल्य समायोजन गर्नुपर्ने इपानको माग छ ।

बन सम्बन्धी क्लियरेन्सको व्यवस्था, वातावरणसम्बन्धी स्वीकृती दिने व्यवस्था, जग्गा प्राप्तिसम्बन्धी व्यवस्थालगायत सरकारले घोषणा गरेको उर्जा संकट निवारण तथा विद्युत विकास दशकमा उल्लेखित ९९ बँदे कार्यक्रमा कार्यान्वयनका लागि राज्यलाई घच्घच्याउने गुरागाईँले जानकारी दिए ।

‘निजी क्षेत्रको तर्फबाट निजी छेत्रका विद्युत उत्पादनकहरुले गर्नुपर्ने उत्पादनको कार्य तीब्र गतिमा अघि बढाउने विषेश भूमिका खल्ने छ,’ उनले भने ।

प्रकाशित मिति : १४ पुस २०७३, बिहिबार ००:००  १० : ०८ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping