खाद्यान्न बालीको उत्पादनमा वृद्धि, धान ५२ लाख ३० हजार मेट्रिक टन उत्पादन « Eglish Khabarhub

खाद्यान्न बालीको उत्पादनमा वृद्धि, धान ५२ लाख ३० हजार मेट्रिक टन उत्पादन


१७ पुस २०७३, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौँ । आव २०७३/७४ मा धान, मकै, कोदो, फापर (तीते र मीठे) को  कूल उत्पादन एक करोड चार लाख मेट्रिक टन भएको छ । हालको जनसङ्ख्यालाई धान्न ९६ लाख मेट्रिक टन अन्न भए पुग्छ ।

आलुलाई खाद्यान्नका रुपमा प्रयोग गर्ने हो भने हालको उत्पादनको तुलनामा वार्षिक ३२  लाख मेट्रिक टन अन्न निर्यात गर्न सकिन्छ । यस वर्ष आलुको उत्पादन २८ लाख मेट्रिक टन भएको छ ।

कृषि विकास मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कलाई विश्लेषण गर्दै  तथ्याङ्क शास्त्री रामकृष्ण रेग्मीले नेपालीले खाने बानीमा सुधार गर्ने हो भने यस वर्षबाट नेपालीका लागि खाद्यान्न आयात गर्न नपर्ने बताए ।

कृषि विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता योगेन्द्रकुमार कार्कीले धानमा २१ दशमलव ०२२, मकैमा एक दशमलव २५,कोदोमा एक प्रतिशत र फापर (तीते र मीठे) मा सन्तोषजनक वृद्धि भएकाले खाद्यान्न आयात गर्न नपर्ने बताए ।

गतवर्ष धान ४२ लाख ९९ हजार मेट्रिक टन मात्र उत्पादन भएकामा यस वर्ष ५२ लाख ३० हजार मेट्रिक टन उत्पादन भएको छ । गतवर्ष मकै २२ लाख ३१ हजार मेट्रिक टन उत्पादन भएकामा यसवर्ष २२ लाख ५९ हजार मेट्रिक टन,गतवर्ष कोदो तीन लाख दुई हजार मेट्रिक टन उत्पादन भएकामा यसवर्ष तीन लाख छ हजार मेट्रिक टन उत्पादन भएको छ ।

त्यसैगरी गतवर्ष फापरको उत्पादन ११ हजार ६०० मेट्रिक टन भएकामा यसवर्ष ११ हजार ८०० मेट्रिक टन उत्पादन भएको छ । गहुँको उत्पादन गतवर्ष १७ हजार मेट्रिक टन भएको थियो । यसवर्ष गहुँखेती सुरुवात हुँदैछ ।

वार्षिक बालीनालीको स्थितिका सम्बन्धमा विशेष गरी धान, मकै, कोदो तथा फापर उत्पादनको अवस्था र खपतका बारेमा जानकारी गराउने उद्देश्यले आयोजित कार्यक्रममा कृषि विभागका महानिर्देशक युवकध्वज जिशीले समयमा वर्षा भएको,उन्नत मल बीउबिजन उपलब्ध गराउन सकिएको, कृषिमा क्रमशः आकर्षण बढेकाले खाद्यान्न बालीको अवस्था सन्तोषजनक देखिएको जानकारी दिए । रासस

प्रकाशित मिति : १७ पुस २०७३, आइतबार ००:००  ६ : ५७ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping