१० हजार ट्रान्सफरमर थपेर सधैको लोडसेडिङ लागि अन्त्य गर्ने कुलमानको योजना « Eglish Khabarhub

१० हजार ट्रान्सफरमर थपेर सधैको लोडसेडिङ लागि अन्त्य गर्ने कुलमानको योजना


१९ पुस २०७३, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]


काठमाडौं । उपलब्ध बिजुलीको उचित ब्यवस्थापन गरेर काठमाडौं उपत्यकाको लोडसेडिङ अन्त्य गरी चर्चामा आएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशभरबाट लोडसेडिङ सधैको लागि अन्त्य गर्न ट्रान्सफरमर थप्ने योजना सार्बजनिक गरेका छन् ।

नेपाल उद्योग बाणिज्य महासंघले मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा घिसिङले यस्तो योजना सार्बजनिक गरेका हुन् ।

देशभरबाट सधैको लागि लोडसेडिङ अन्त्य गर्न आपूर्ति प्रणाली चुस्त बनाउनु पर्ने आवश्यकता देखिएकोले १० हजार नयाँ ट्रान्सफरमर थप्ने योजना अगाडि बढाइएको उनले जानकारी दिए । हाल प्राधिकरणसँग २३ हजार ट्रान्सफरमर छन् ।

‘अबको चुनौति भनेको बिजुलीको माग बढाउनु हो, ट्रान्सफरमर नथपी माग बढाउन सकिदैन, यसैले ट्रान्सफरमर थप्ने योजना बनाएका छौं,’ महासंघको उर्जा समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा घिसिङले भने ।

काठमाडौं उपत्यकाको विद्युत माग २ हजार मेगावाट बनाउन आफू लागि परेको उनको भनाइ छ । अहिले उपत्यकाको दैनिक माग ३०० मेगावाटको हाराहारीमा छ ।

उद्योगधन्दा बढाउनु पर्ने भएकोले नेपालमा जति पनि विजुली खपत हुने भन्दै उनले ढुक्क भएर उत्पादन बृद्धिमा लाग्न उत्पादकलाई आग्रह पनि गरे ।

प्रकाशित मिति : १९ पुस २०७३, मंगलबार ००:००  ५ : २२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping